
भर्खरै
पहाडका दुई थुम्काबाट
मन नलगाई नलगाई
चराहरू यसरी उडे कि
तिनीहरू अधरको बालीभित्र पसी
चारो टिपेर
तिर्खाएका थिए,
सिमसार पोखरीमा
पानी सुक्नै लागेको थियो
चराहरू
केही केशका स्थावरतिर आएर बसे
केही भृकुटी स्थल वरिपरि
छरिएर कराउन थाले,
कायाको गिरिमा
तप्तताको मात्रा चढेको थियो
क्रीडाको असह्यज्वरो झनै बढेको थियो
नाभीको नागीमा शीर उठाएर हल्लाउँदै
असह्य गर्जनका साथ
एउटा सिँहसिँहनादगर्दै
उफ्रियो/डुक्रियो
भुइँ खोस्रिएर एकपटक आफ्नो तुजुक देखायो
र पोखरीतिर क्रमशः
झर्दै थियो
अनाचककाइ परेका डिलमा चिप्लिएर
सुलुत्त पोखरीमा डुब्यो
खरिएको थियो तिर्खाले धेरै दिनदेखि बरा
त्यो सिँह
जो पोखरीमा नुहाउन पो लाग्यो
सिँह नुहाएको स्वागत्मा
त्यसबेला चराका झुण्डहरूले
पर्वत थुम्कालाई
जोडजोडले परिक्रममा गरी रहे ।
टीकाथली, ललितपुर ।
प्रतिकृया दिनुहोस्