भक्तपुर । शिक्षक सेवा आयोगले प्राथमिक तहको अध्यापन अनुमती पत्र(शिक्षक लाइसेन्स) को नतिजा प्रकाशित गरेको छ ।

कोभिड–१९ का कारण बिचमा रोकिएको नतिजा प्रकाशन आयोगले पुन सुचारु गरेको छ ।

बुधवार आयोगले प्राथमिक तहको प्रदेशगत हिसावमा प्रकाशन शुरु गरेको हो । बुधवार आयोगले सुदूरपश्चिम प्रदेशको नतिजा प्रकाशन गरेको छ ।

नतिजा अनुसार सुदूरपश्चिम प्रदेशबाट परीक्षामा सहभागी ७ हजार ६८१ मध्ये २५२ जना उत्तीर्ण भएका छन् । यस्तै, ६९८ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ । यस्तै परीक्षामा अमर्यादित काम गर्ने ५ जनाको परीक्षा रद्द भएको छ ।

 

प्रतिकृया दिनुहोस्