काठमाडौं । उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुको सिकाइ निरन्तरताका लागि पनि वैकल्पिक शिक्षण विधि अपनाइने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षामा पनि वैकल्पिक विधिबाट सिकाइ निरन्तरताका लागि वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप, २०७७ स्वीकृत गरी आवश्यक कार्यार्थ विश्वविद्यालय अनुदान आयोगमा पठाएको थियो ।

साथै, विश्वविद्यालय अनुदानआयोगले २०७७ असार १९ गते परिषदको बैठक बसी उक्त प्रारुपलाई निर्देशिकाको रुपमा विश्वविद्यालयहरुले कार्यान्वयनको लागी जारी गरिसकेको छ ।

यस प्रारुपले परम्परागत औपचारिक पद्धति अनुसार सञ्चालन भइरहेका विश्वविद्यालय तथा उच्च शिक्षाका संस्थाहरूका पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्यांकनका सम्बन्धमा कोभिड–१९ का कारण सिर्जित अवरोध हटाउन उपयुक्त एवम् सान्दर्भिक वैकल्पिक व्यवस्था गरिएको छ ।

त्यसैले सम्पूर्ण विश्वविद्यालय तथा उच्च शिक्षाका शिक्षण संस्थाहरुले यस प्रारुपलाई नीति निर्देशक दस्तावेजको रुपमा ग्रहण गरी बैलल्पिक पद्धतिबाट सिकाइ निरन्तरताका लागि आवश्यक र उपयुक्त तरिकाहरुको अवलम्बन गर्नेछन् । यसअघि शिक्षा मन्त्रालयले विद्यालय तहमा वैकल्पिक माध्यमबाट सिकाइ सहजी करण गर्न निर्देशिका जारी गरी असार १ गतेदेखि कार्यान्वयनमा ल्याइसकेको छ ।

हेर्नुहोस् प्रारुपको पूर्णपाठ

उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप, २०७७

प्रस्तावना: कोभिड-१९ संक्रामक रोगको महामारीको कारण मुलुकको उच्च शिक्षाको क्षेत्रमा नियमित पठन पाठन, परीक्षा लगायत सम्पूर्ण शैक्षिक गतिविधिहरू अवरूद्ध रहेको सन्दर्भमा तत्काल र्इ–सिकाइ लगायतका वैकल्पिक प्रणालीको माध्यमबाट महामारीले शिक्षा क्षेत्रमा पुर्यारएको क्षति न्यूनिकरण गर्दै विश्वविद्यालय र उच्च शैक्षिक संस्थामा शिक्षण सिकाइ लगायतका शैक्षिक क्रियाकलापहरूलाई निरन्तरता दिने कार्यमा प्रभावकारी र व्यवस्थित रुपमा सहजीकरण गर्न वाञ्छनीय भएकोले,

…………………………….ले दिएको अधिकार प्रयोग गरी………………………….ले यो प्रारुप बनाई लागू गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:  (१) यस प्रारुपको नाम “उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप, २०७७” रहेको छ ।
(२) यो प्रारुप ……………….बाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषास् विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस प्रारुपमा,
(क) ‘आयोग’ भन्नाले विश्वविद्यालय अनुदान आयोग सम्झनु पर्छ ।
(ख) ‘ई-सिकाइ’ भन्नाले कम्प्युटर, रेडियो, टेलिभिजन लगायतका सूचना तथा संचार प्रविधिमा आधारित उपकरण तथा इन्टरनेटको प्रयोग गरी पठन पाठन गर्ने शैक्षिक प्रणाली सम्झनु पर्छ ।
(ग) ‘उच्च शिक्षा‘ भन्नाले विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूबाट दिइने शिक्षा सम्झनु पर्छ ।
(घ)  ‘उच्च शैक्षिक संस्था’ भन्नाले स्नातक तथा सो भन्दा माथिल्लो तहको पठन पाठन हुने स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्याम्पस वा कलेज सम्झनु पर्छ ।
(ङ) ‘कार्यकारी परिषद् वा समिति’ भन्नाले विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाको कार्यकारी परिषद् वा समिति सम्झनु पर्छ ।
(च) ‘विश्वविद्यालय’ भन्नाले प्रचलित कानून बमोजिम स्थापित विश्वविद्यालय सम्झनु पर्छ ।
(छ) ‘वैकल्पिक प्रणाली’ भन्नाले कोभिड-१९ वा यस्तै प्रकारको विपद् वा महामारी र भौगोलिक विकटताको कारणले नियमित पठनपाठन गर्न कठिन भएको वा हुने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरू, स्व-अध्ययन, दूर तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन, अध्यापन सुचारू राख्नेू विधि र प्रक्रिया सम्झनु पर्छ ।
(ज) ‘शैक्षिक सत्र’ भन्नाले विश्वविद्यालय र उच्च शैक्षिक संस्थामा अध्ययन अध्यापन हुने एक शैक्षिक सत्र सम्झनु पर्छ ।
(झ) ‘सुरक्षा प्रोटोकल’ भन्नाले अनुसूची बमोजिमको सुरक्षा प्रोटोकल सम्झनु पर्छ र सो शब्दले कोभिड-१९ विरूद्ध स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, सार्वजनिक प्रशासन सम्बद्ध आधिकारिक निकायहरूले जारी गरेको निर्देशन र सुरक्षा सम्बन्धी प्रोटोकललाई समेत जनाउँछ ।

३. आधारभूत मान्यता: यो प्रारुप देहायका मान्यता एवम् अवधारणा बमोजिम कार्यान्वयन गरिनेछ:‐
(क) यस प्रारुप परम्परागत रुपमा शिक्षक र विद्यार्थीहरु भौतिक उपस्थित भइ कक्षा कोठामा गरिने शिक्षण सिकाइ प्रणालीलाई निरुत्साहित वा विस्थापित गर्ने उद्देश्यले लागू गरिएको होइन ।

(ख) विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूले उपलब्ध प्रविधि र उपकरणहरूको उच्चतम प्रयोग गरी ई-सिकाइ मार्फत शिक्षण सिकाइ तथा अनुसन्धान मूल्याङ्कन र समग्र शैक्षिक प्रशासनलाई निरन्तर सञ्चालन गर्ने उद्देश्यले यो प्रारुप लागू गरिएको हो ।

(ग) विश्वविद्यालयले एकीकृत सूचना प्रविधि मार्फत शिक्षण र सिकाइ कार्यहरू अनुसरण गर्दा तिनको न्यूनतम उपलब्धता र विषयगत शैक्षणीक दृष्टिकोण र प्रणाली अनुरुप भएको कुरा सुनिश्चित गर्नु पर्नेछ ।

(घ) ई–शिक्षण सिकाइका अवयवहरूलाई परम्परागत शिक्षण–सिकाइ प्रणालीसँग मिश्रण गरी शिक्षण–सिकाइ प्रणालीलाई वृहत, विस्तृत, विद्यार्थी केन्द्रित र प्रविधि मैत्री बनाउन रणनीति समेत तयार गर्नु पर्नेछ ।

(ङ) विश्वविद्यालयले समक्रमणिय (synchronous) र असक्रमणिय (asynchronous) शिक्षण सिकाइ नमूनाहरू संयोजन गर्दै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सूचना प्रविधिको उच्चतम् प्रयोग गर्न र तिनीहरूको प्रयोग कोभिड-१९ ले सृजित संकट पश्चात् समेत निरन्तर रुपमा अवलम्बन गर्न सकुन् भन्ने आशय राखिएको छ ।

(च) सूचना प्रविधि र ई-शिक्षण सिकाइ अवलम्बन गर्दा विद्यमान कानूनी प्रावधान, विषेशतस् राष्ट्रिय साइवर सुरक्षा कानून र नीतिहरूले निर्धारण गरेको परिधिभित्र पेशागत मानक एवम् नैतिकता अनुसरण गर्नु पर्नेछ ।

(छ) कोभिड-१९ संक्रामक रोगको महामारी कायम रहेको अवस्थासम्म शिक्षण-सिकाइ, अनुसन्धान तथा शैक्षिक प्रशासन तथा परीक्षा सञ्चालन जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा सबै सहभागीहरूको स्वास्थ्य संवेदनशीलतालाई ख्याल राख्दै सुरक्षात्मक उपाय अवलम्बन गर्न सुरक्षा प्रोटोकलको अनिवार्य रुपले अनुसरण गर्नुपर्नेछ ।

(ज) विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूले कोभिड-१९ को प्रभावको अवस्था विस्तृत रूपमा आँकलन गरी सुरक्षा प्रोटोकल र अन्य जनस्वास्थ्यसँग सम्बन्धित निर्देशन र सुरक्षात्मक उपाय अवलम्बन गरी शिक्षक र विद्यार्थी भौतिक उपस्थित भइ कक्षा कोठामा प्रत्यक्ष वातावरणमा शिक्षण–सिकाइ तथा अन्य पाठ्यसक्रमसँग सम्बन्धित र पाठ्यमक्रमका अतिरिक्त हुने क्रियाकलापहरू सञ्चालन गर्न सक्नेछन् ।

(झ) यो प्रारुपमा भएको व्यवस्थाले नेपाल खुल्ला विश्वविद्यालयले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रमहरूसँग सम्बन्धित कुनै पनि क्रियाकलापहरू र अन्य विश्वविद्यालयहरूले खूला र दुर सिकाइ प्रणालीबाट शिक्षण गर्ने गरी पूर्व अनुमति प्राप्त शैक्षिक कार्यक्रमहरूको निरन्तर सञ्चालनमा बाधा पर्ने छैन ।

(ञ) पूर्णतया ई-सिकाईलाई अनुसरण गर्न नसकिने अवस्थामा विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले वैकल्पिक दूरसिकाईका साधन र विधिहरूलाई पनि प्रयोगमा ल्याई सबै विद्यार्थीहरूका लागि सिकाई अवसर सिर्जना गर्नु पर्नेछ ।

४. वैकल्पिक प्रणालीबाट सिकाई कार्यक्रम सम्बन्धी व्यवस्था: (१) वैकल्पिक प्रणालीबाट सिकाइ कार्यक्रम सञ्चालनका लागि देहाय बमोजिमको पूर्वाधार तथा सवलीकरणको व्यवस्था गर्नु पर्नेछ:–

(क) प्रत्येक विश्वविद्यालय र उच्च शैक्षिक संस्थामा सूचना प्रविधि विभाग, शाखा वा एकाई स्थापना गरी आवश्यक मानव श्रोतको व्यवस्थापन गर्ने,

(ख) विश्वविद्यालय र उच्च शैक्षिक संस्थाको आफ्नै अनलाईन डोमेन स्थापना गरी सबै शिक्षक कर्मचारी तथा विद्यार्थीहरूलाई ईमेल आई. डि. उपलब्ध गराउने,

(ग) विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूको आधिकारीक वेवसाइट सञ्चालन गरी नियमित र अद्यावधिक गराउने व्यवस्था गर्ने,

(घ) विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूबाट प्रवाह हुने शैक्षिक सेवाहरू अनलाईन माध्यमबाट व्यवस्थापन गरी विद्यार्थीहरूको रजिष्ट्रेसन, पाठ्यञक्रम दर्ता, परीक्षाको अभिलेखीकरण, विद्युतीय शुल्क भुक्तानी व्यवस्था, सूचना प्रवाह र गुनासो सम्बोधन जस्ता विषयहरूको व्यवस्था गर्ने,

(ङ) ई–सिकाइ व्यवस्थापन प्रणालीको व्यवस्था गर्ने,

(च) डिजिटल उपकरण र सफ्टवेयरको व्यवस्था गर्ने,

(छ) ई–सिकाइ र ई–मूल्याङ्कन प्रणालीको व्यवस्था गर्ने,

(ज) उच्च शैक्षिक संस्थाहरूका लागि डेडिकेटेड इन्टरनेट र विद्युत आपूर्तिको व्यवस्था गर्ने ।

(२) वैकल्पिक प्रणालीबाट सिकाइ कार्यक्रम सञ्चालनका लागि देहाय बमोजिमको नीतिहरू अवलम्बन गर्नुपर्नेछ:–

(क) विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूले आवश्यकता अनुसार आफ्नो सूचना प्रविधि नीति बनाइ प्रविधिको प्रयोगबाट प्रभावकारी सेवाप्रवाह गर्ने क्रममा नैतिक तथा व्यावसायिक आचरण पालना गर्ने, गराउने,

(ख) विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाले ई–सिकाइ प्रणालीको प्रयोग गर्दा सम्बन्धित विश्वविद्यालयको नीति, प्रारुप तथा आचार संहिता र हाजिरी सम्बन्धी निर्देशन पालना गर्ने,

(ग) कार्यक्षमता सुधार गर्न र कागजमा आधारित पत्राचार कम गर्न आधिकारिक औपचारिक सञ्चारका लागि सम्बन्धित विश्वविद्यालयको कार्यकारी परिषद् वा समितिले अनुमोदन गरेको डिजिटल हस्ताक्षर वा आधिकारिक ईमेलहरूको प्रयोग गर्ने,

(घ) विश्वविद्यालयको विद्यमान क्रेडिट ट्रान्सफर नीति र अभ्यास अनुसार विद्यार्थीहरूले पूरा गरेको पाठ्ययक्रमहरूको क्रेडिट ट्रान्सफर गर्नको लागि आवश्यक प्रणाली विकास गर्ने, र

(ङ) सबै विश्वविद्यालयले विदेशी विश्वविद्यालयका विद्यार्थीहरूको नेपाली विश्वविद्यालयहरूमा क्रेडिट ट्रान्सफर गर्ने, एउटा नेपाली विश्वविद्यालयबाट अर्को विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गर्ने, विश्वविद्यालयको एउटा विभाग वा कार्यक्रमबाट अर्को विभाग वा कार्यक्रममा क्रेडिट ट्रान्सफर गर्ने समेतको व्यहोरा समाविष्ट गरी आफ्नो क्रेडिट ट्रान्सफर नीति तर्जुमा गरी कार्यान्वयन गर्ने ।

(३) वैकल्पिक प्रणालीबाट सिकाइ कार्यक्रम सञ्चालनका लागि देहाय बमोजिमका ई–सिकाइका साधनहरूको प्रबन्ध गर्नुपर्नेछ:–
(क) ईन्टरनेट र ईमेल,
(ख) च्याट प्रणाली, छलफल मञ्च, ब्लग, वेवसाइट,
(ग) सिकाइ व्यवस्थापन प्रणाली,
(घ) भिडियो, अनलाइन सेमीनार र सम्मेलन,
(ङ) टिभी, भिडियो क्यमेरा, भिडियो एडिटिङ्ग सुविधा,
(च) अडियो, भिडियो रेकर्ड सहित अनलाईन लेक्चर र कक्षा सञ्चालन,
(छ) आवश्यक सफ्टवेयर,
(ज) विद्यार्थीको भौगोलिक वितरणको नक्साङ्कन,
(झ) अनलाइन मूल्याङ्कन ।

(४) वैकल्पिक प्रणालीबाट सिकाइ कार्यक्रम सञ्चालनका लागि देहाय बमोजिमका सूचना सञ्चार तथा प्रविधि सम्बन्धी आवश्यक न्यूनतम पूर्वाधारको प्रबन्ध गर्नुपर्नेछ:–
(क) कम्प्युटर सर्भर र पर्याप्त व्याक अप प्रणाली,
(ख) सिकाइ व्यवस्थापन प्रणाली,
(ग) विश्वसनीय तथा अविच्छिन्न विद्युत तथा इन्टरनेट कनेक्टीभिटी,
(घ) सूचना प्रविधिको सुरक्षा,
(ङ) शिक्षक तथा कर्मचारीहरूका लागि उपयुक्त कम्प्युटर र सञ्चार सञ्जालको सुविधा,
(च) अन्तर्क्रियात्मक पाठको डिजाईन र बौद्धिक चोरी पत्ता लगाउने व्यवस्था,
(छ) शैक्षिक प्रशासनका लागि सफ्टवेयर एप्लिकेशन विकास ।

(५) वैकल्पिक प्रणालीबाट सिकाइ कार्यक्रम सञ्चालनका लागि देहाय बमोजिम मानव संसाधनको प्रबन्ध गर्नुपर्नेछ:–
(क) आवश्यक संख्यामा प्राविधिक तथा व्यवस्थापकीय सहयोगका लागि सूचना प्रविधिसँग सम्बन्धित कर्मचारी,
(ख) ई–सिकाइमा आधारित पाठ्य क्रमको नमूना, पाठ्यसक्रम शैक्षणिक प्रक्रिया र मूल्याङ्कनका लागि शिक्षकहरूलाई तालिमको व्यवस्था,
(ग) विद्यार्थीहरूका लागि ई–सिकाइ सुविधा प्रयोगसँग सम्बन्धित अभिमुखीकरण,
(घ) विश्वविद्यालय अन्तर्गत अनुगमन तथा पृष्ठपोषण प्रणाली ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्व‐अध्ययनमा आधारित सिकाइ मोडल अवलम्बन गरी सिकाइ निरन्तरता गर्न पूर्वाधार तथा अन्य व्यवस्था नभएकै कारण सिकाइ सुचारु गर्न बाधा पर्ने छैन । त्यसरी सिकाइको व्यवस्था गर्दा विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले विद्यार्थीलाइ अध्ययन सामग्री उपलब्ध गराउनुका साथै समय समयमा सम्पर्क गरी सिकाइ सहजीकरण गर्नु पर्नेछ ।

५. सिकाइको क्षेत्र एवं भार सम्बन्धी व्यवस्था: (१) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाहरूले सूचना तथा सञ्चार प्रविधि मार्फत नियमित ढाँचाका कक्षा कोठामा शिक्षक, विद्यार्थी भौतिक रुपमा उपस्थित भइ सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू मात्र सञ्चालन गर्नेछन् । तर विश्वविद्यालय वा उच्च शैक्षिक संस्थामा दुवै मोडका कार्यक्रमहरू सञ्चालन गर्न बाधा पर्ने छैन ।

(२) नेपाल खुला विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालयले खुला एवं दूर शिक्षा प्रणालीको रूपमा थप विषयहरु प्रदान गर्न पाउने छैनन् ।
तर कोभिड-१९ संक्रामक रोगको महामारी एक शैक्षिक सत्र भन्दा बढी लम्बिएमा विश्वविद्यालयको ऐन नियम बमोजिम अरू विषय वा कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछन् ।

(३) व्यवहारिक वा क्षेत्रगत क्रियाकलापहरू वा प्रयोगशालाको कार्य गर्नु नपर्ने अप्राविधिक कार्यक्रम वा विषयका अनलाइन कक्षाहरूको भार पुरै अनलाईन मार्फत गर्न सकिनेछ ।

तर अनलाईनमा संचालन गर्दा विद्यार्थीहरूको सिकाई सहयोग र सामग्रीहरू उचित व्यवस्थापन गरिएको र प्रष्ट मूल्याङ्कन प्रणाली कायम हुनुपर्छ ।

(४)  इ-सिकाइ मार्फत प्रदान गर्न सकिने कक्षाको भार विश्वविद्यालयको प्राज्ञिक परिषद्को राय सल्लाह बमोजिम कार्यकारी परिषद्ले स्वीकृत गरेको हुनु पर्नेछ ।

(५) अप्राविधिक कार्यक्रम वा विषयसँग भएका केही प्रयोगात्मक वा क्षेत्रगत क्रियाकलाप वा प्रयोगशालाका कार्यहरू गर्नु पर्ने अवस्थामा अधिकतम् हदसम्म सैद्धान्तिक कक्षाहरू राख्नञ सकिनेछ ।

तर पाठ्य क्रमले निर्दिष्ठ गरेका सक्षमता र सिकाई उपलब्धिका लागि चाहिने प्रयोगात्मक कार्य अनिवार्य हुनेछ र त्यसका लागि सोही बमोजिमको व्यवस्था गर्नुपर्नेछ ।

(६) पाठ्यरक्रमले तोके अनुसारको व्यवहारिक, प्रयोगशाला वा क्षेत्रगत क्रियाकलाप परिस्थिति अनुरूप उपयुक्त वैकल्पिक व्यवस्था जस्तो भर्चुअल तथ्याङ्क तथा भर्चुअल प्रयोगशाला उपयोग गर्दै वा प्रयोगशालाको व्यवस्थापन तथा क्षेत्रगत कार्यहरूको व्यवस्थापन गरी सञ्चालन गर्नेछन् ।

(७) प्रयोगात्मक र क्षेत्रगत कार्यहरू पर्याप्त नहुने अवस्थामा सुरक्षा प्रोटोकल अनुरूप प्रयोगात्मक र क्षेत्रगत अध्ययन गराउन सकिनेछ ।

(८) प्राविधिक विषयमा पाठ्येक्रमले निर्धारण गरे अनुसार व्यवहारिक वा प्रयोगशालाको सिकाइ आवश्यक पर्ने कोर्स तथा कार्यक्रमहरुलाई पूर्ण रूपमा अनलाइनबाट सञ्चालन गर्न सकिने छैन ।

तर त्यस्ता कार्यक्रमको प्रयोगात्मक वा प्रयोगशालामा प्रयोग हुने सैद्धान्तिक विषयमा अनलाईन मार्फत कक्षा सञ्चालन गर्न सकिनेछ ।

(९) आवश्यकता र उपलब्धताको आधारमा पचास प्रतिशतसम्मको प्रयोगात्मक क्रियाकलाप भर्चुअल प्रयोशालाहरूमा प्रयोगात्मक वा प्रयोगशाला क्रियाकलापहरू प्रदर्शन गरी गराउन सकिनेछ । तथापि प्रयोगात्मक कक्षाको कोर्सको कम्तीमा पचास प्रतिशत भार प्रयोगात्मक, प्रयोगशाला तथा क्षेत्रगत क्रियाकलापहरू वास्तविक प्रयोगशाला तथा क्षेत्रमानै गएर सुरक्षा प्रोटोकलको अवलम्वन गरी सम्पादन गर्नु पर्नेछ ।

तर भर्चुअल प्रयोगशालाबाट सम्पन्न गर्न सकिने प्रयोगात्मक विषयका प्रयोगात्मक पाठ्याुंशहरूका हकमा पुरै प्रयोगात्मक कार्य भर्चुअल ल्यावबाट सम्पन्न गर्न सकिनेछ ।

(१०) प्राविधिक कार्यक्रमका विषयहरू भर्चुअल प्रयोगशालामा हुने क्रियाकलाप तथा निर्देशनहरू सम्बन्धित व्यवसायिक परिषद्हरूले स्वीकृत गरे बमोजिम हुनेछन् । व्यवसायिक परिषद्का अतिरिक्त सम्बन्धित विषय समितिहरूलाइ विशेष परिस्थितिमा हुने प्रयोगशाला तथा क्षेत्रगत आधारमा हुने शिक्षण-सिकाइलाई स्वीकृत गर्ने वा अस्वीकृत गर्ने पूर्ण अधिकार रहनेछ ।

स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि ‘प्राविधिक कार्यक्रम’ भन्नाले विज्ञान प्रविधिसँग सम्बन्धित भएका र प्रयोगात्मक पाठ्यनक्रमहरू समावेश भएका शैक्षिक तथा अनुसन्धान कार्यक्रम सम्झनु पर्छ ।

(११) यस प्रारुपको अधीनमा रही विश्वविद्यालयले प्रयोगात्मक सहितको अनलाइन भर्चुअल शिक्षण(सिकाइको विषयको प्रकृति अनुसार विशिष्ट कार्यभार विकास गर्न सक्नेछन् ।

६. विद्यार्थी वर्गीकरण: (१) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले स्रोत साधनमा पहुँचको अवस्थाका आधारमा विद्यार्थीको वर्गीकरण गर्नु पर्नेछ ।
(२) उपदफा ९१० बमोजिम विद्यार्थी वर्गीकरण गर्दा देहायको समूहमा वर्गीकरण गर्नु पर्नेछः-

(क) कम्प्युटर सहित अनलाइनको पहुँच भएका विद्यार्थी समूह,
(कम्प्युटिङ सामग्री जस्तैः कम्प्युटर, ट्यावलेट वा स्मार्ट फोन जस्ता उपकरणहरूका माध्यमबाट इन्टरनेटको पहुँच भएका)

(ख) कम्प्युटिङ सामग्री वा उपकरणहरू सहित अफलाइन पहुँच भएका तथा रेडियो तथा टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूह,
(इन्टरनेटको पहुँच नभएको तर कम्प्युटर, ट्यावलेट वा स्मार्ट फोनको पहुँचबाट अफलाइन मोडमा काम गर्न सक्ने विद्युतीय कम्प्युटिङ सामग्रीहरूमा पहुँच भएका)

(ग) कम्प्युटर, ट्यावलेट वा स्मार्ट फोन जस्ता उपकरणहरू नभएका र इन्टरनेटको पहुँच पनि नभएका विद्यार्थी समूह ।

(३) उपदफा (२) बमोजिमको समूह वर्गीकरणमा राख्नण नसकिने प्रकृतिका विशेष आवश्यकता भएका विद्यार्थीको लागि सम्बन्धित विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले आवश्यकताको प्रकृति अनुसार छुट्टै सिकाइ सहजीकरणको व्यवस्था गर्नु पर्नेछ ।

७. वैकल्पिक तथा इ–सिकाइको ढाँचा: (१) दफा ६ बमोजिम वर्गीकृत समूहका विद्यार्थीका लागि सूचना तथा सञ्चार प्रविधिको पहुँच (व्यक्तिगत उपकरण, सम्पर्क आदि) का आधारमा देहाय बमोजिमका ढाँचामा कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेछः‐

(क) इ‐सिकाइ भर्चुअल कक्षामा आधारित सिकाइ मोडलस् कम्प्युटर सहित अनलाइनको पहुँच भएका विद्यार्थीका लागि अन्लाइनमा अधारित इ‐सिकाइ भर्चुअल कक्षा सञ्चालन गर्ने,

(ख) अडियो तथा भिडियोमा आधारित सिकाइ मोडलस् कम्प्युटिङ सामग्री वा उपकरणहरू सहित अफलाइन पहुँच भएका तथा रेडियो तथा टलिभिजनमा पहुँच भएका विद्यार्थी समूहका लागि अडियो तथा भिडियो सामग्री विकास गरी रेडियो तथा टेलिभिजनबाट पठन पाठनको व्यवस्था गर्ने,

(ग) स्व‐अध्यनमा आधारित दूर सिकाइ मोडलस् कम्प्युटर, ट्यावलेट वा स्मार्ट फोन जस्ता उपकरणहरू नभएका र इन्टरनेटको पहुँच पनि नभएका विद्यार्थी समूहका लागि आवश्यक अध्ययन सामग्री उपलब्ध गराउने, स्व‐अध्ययनमा लगाउने, सिकाइमा सहजीकरण गर्ने र सम्पर्क कक्षा सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरी सबैका लागि सिकाइ सुनिश्चत गर्ने ।

(२) उपदफा (१) बमोजिमका कार्यक्रमहरुमा विश्वविद्यालयले निर्धारण गरेका क्रियाकलापहरूमा विद्यार्थीहरूलाइ सक्रिय सहभागी गराउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम विद्यार्थीको सक्रिय सहभागिताको अनुगमन कक्षा सञ्चालन भइरहेको समयमा वा कक्षा समाप्त भए पछि हुने छलफल, असाइनमेन्ट कार्यहरू, कोर्स वा कार्यक्रममा संलग्नता आदिको माध्यमबाट गर्न सकिनेछ ।

(४) विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाले प्राध्यापक र विद्यार्थी बीच छलफल, अन्तर्क्रिया र सूचना सम्प्रेषण गर्न आवश्यकतानुसार टोल फ्री नम्वर राख्ना सक्नेछ ।

(२)  उपदफा (१) बमोजिमका कार्यक्रमको गुणस्तर प्रत्याभूति गर्ने दायित्व सम्बन्धित विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाको हुनेछ ।

८. तथ्याङ्क तथा सूचनाको व्यवस्थापन र कार्यक्रम कार्यान्वयन प्रक्रिया सम्बन्धी व्यवस्था: (१) अनलाइन तथा दूर शिक्षा र मूल्याङ्कनको प्रस्तुति गर्दा आधिकारिक व्यक्ति वा संस्थाहरू बाहेक अरूलाइ पहुँच दिन पाइने छैन ।

(२) अनलाइनमा पहुँच प्राप्त विद्यार्थी, शिक्षक, संस्था, कर्मचारी र अन्य जुनसुकै व्यक्तिले गोपनीयता र उत्तरदायी उपभोक्ताको व्यवहार गर्नु पर्नेछ । सामग्री सुरक्षित साथ राख्नि र आधिकारिक व्यक्ति वा संस्था बाहेक अरू कसैलार्इ सूचनाहरू उपलब्ध गराउन पाइने छैन ।

(३) गोपनीयता र तथ्याङ्कको सुरक्षाका लागि विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले विश्वसनीय, वैधानिक र अधिकार प्राप्त क्लाउड मिटिङ सफ्टवेयर प्रयोग गर्नु पर्नेछ ।

(४) अन्य सेवादाता वा बजारमा उपलब्ध सेवा खरिद गरी प्रयोग गर्दाको अवस्थामा सम्बन्धित विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले आधिकारिक सफ्टवेयर वा अनुमतिपत्र सबै सहभागी शिक्षक, विद्यार्थी र कर्मचारीहरूलाइ दिनु पर्नेछ ।

(५) कार्यालय वा प्रशासनिक उद्देश्यका लागि प्रत्येक पाठको विद्युतीय प्रतिमा अभिलेख गरी सुरक्षित रूपमा राख्नुक पर्नेछ ।

(६) डिजिटल सामाग्रीहरू अफलाइन ढाँचामा संग्रह गरी आवश्यकता अनुसार विद्यार्थीको प्रविधिमा पहुँचको अवस्था हेरी अफलाइन मोडमा प्रयोग गर्ने गरी उपलब्ध गराउनु पर्नेछ । यस्ता सामग्रीहरू सम्पादन गरेर मात्र अभिलेख फाइल वा आरकाईभमा संकलन गर्नु पर्नेछ ।

(७) विश्वविद्यालयको मार्ग निर्देशन वा नियम कानूनहरूले व्यक्तिको गोपनीयता सम्बन्धी अधिकारलार्इ सम्मान गर्नु पर्नेछ । विद्यार्थी र शिक्षकहरू दुवैले शिक्षण क्रियाकलापहरू र शैक्षिक सामग्रीहरू कुनै पनि सार्वजनिक सामाजिक सञ्चार माध्यमहरूमा प्रकाशन वा प्रशासरण गर्न पाइने छैन ।

(८) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाका सिकाइका असल अभ्यासहरू विशेष गरी भर्चुअल कक्षाका सिकाइका क्रियाकलापहरूलार्इ विश्वविद्यालयले प्रोत्साहन गर्नु पर्नेछ ।

(९) प्राज्ञिक गतिविधिहरूका लागि सूचना तथा सञ्चार प्रविधि नीतिलाइ व्यवस्थित गर्न र खुला पहुँचमा भएको श्रोतहरूका सञ्जाल सम्पर्कका ठेगानाहरूको आदान प्रदान गर्न विश्वविद्यालयले सामाजिक सञ्जालहरू प्रयोग गर्न सक्नेछ ।

(१०) व्यक्तिगत परिचय र भर्ना गरेका प्रमाणहरू जस्ता सहयोगी दस्तावेज सहितका प्रमाणहरू राखेर इ-सिकाइको ढाँचामा बनाएको मञ्चलाइ वेव एप्लिकेसन वा मोबाइल एप्लिकेसन मार्फत विद्यार्थी रजिष्ट्रेशन गरिएको हुनु पर्नेछ । विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाले भर्ना भएका सबै विद्यार्थीहरूलाइ इ-सिकाइको मञ्चमा पहुँच हुने किसिमको आधिकारिक इमेल ठेगाना उपलब्ध गराउनु पर्नेछ र त्यस्तो इमेल ठेगानाबाट उपलब्ध तेस्रो पक्षको वेव एप्लिकेसन वा इ-सिकाइ मञ्चमा जाने व्यवस्था मिलाउनु पर्नेछ ।

(११) नियमित अभ्यास जस्तै गरी विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले सम्बन्धित संस्थाको शैक्षिक सूचना व्यवस्थापन प्रणालीको मातहतमा रहेर डिजिटल प्रणालीमा विद्यार्थीहरूको प्रमाणीकरण राख्नु पर्नेछ ।

(१२) विद्यार्थीहरूले डिजिटल सूचना व्यवस्थापन प्रणाली मञ्चमा पहुँच प्राप्त गर्न विश्वविद्यालयको परिचयपत्र वा रजिष्ट्रेशन पत्रलाइ आधिकारिक प्रमाण मानिनेछ । सो परिचयपत्रको विवरण सम्बन्धित उच्च शैक्षिक संस्थाको शिक्षा सूचना व्यवस्थापन प्रणालीमा भएको अभिलेखसँग मिल्ने हुनु पर्नेछ ।

(१३) इ-सिकाइको लागि तेस्रो पक्ष वेव एप्लिकेसन प्रयोग गरेको समयमा उच्च शैक्षिक संस्थाहरूले सम्भव भएसम्म सम्बन्धित एप्लिकेसन आधिकारिक रूपमा प्रयोग गर्नको लागि प्रमाणिक लाइसेन्स प्राप्त गर्नु पर्नेछ र विद्यार्थी र शिक्षकहरूलाइ इ-सिकाइका लागि त्यस्ता एप्लिकेसनहरू प्रयोग गर्न आधिकारिक ‘की’ हरू उपलब्ध गराउनु पर्नेछ ।

(१४) विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाहरूमा कोर्स वा कार्यक्रमका विवरण, विद्यार्थीहरूको संलग्नता, सहभागीता, मूल्याङ्कन परिणाम र प्रतिवेदनहरू राख्नेब प्रयोजनका लागि सिकाइ व्यवस्थापन प्रणाली र विद्युतिय भण्डारणको स्थापना र प्रयोग गर्नु पर्नेछ ।

(१५) विद्यार्थीहरूको संलग्नताको यकीन गर्नका लागि अनलाइन लेक्चर वा छलफलमा कम्तीमा असी प्रतिशत सहभागीता देखिने कुरालार्इ प्रमाणित गर्न सिकाइ व्यवस्थापन प्रणालीको प्रयोग गरिनेछ ।

(१६) इ-सिकाइ वातावरणमा पहुँच भएसम्म अधिक उपस्थिति सम्भव हुने हुँदा विद्यार्थीको उच्च प्रतिशतमा सक्रिय संलग्नताका लागि प्रोत्साहन गर्नु पर्नेछ ।

(१७) उच्च शैक्षिक संस्थाहरूले अफलाइन पहुँचमा दर्ता भएका विद्यार्थीहरूको सक्रिय सहभागीताको लागि छुट्टै प्रावधानहरूको ढाँचा तयार गर्न सक्नेछन् ।

(१८) अफलाइन ढाँचामा विद्यार्थीहरूको संलग्नताको लागि फरक निर्देशनहरूको विकास गर्न र प्रयोग गर्न सकिनेछ ।

(१९) प्राविधिक पहुँच नभएका विद्यार्थीहरूलार्इ छापिएका अध्ययन सामग्रीहरू र सम्भव भएसम्म प्रत्यक्ष छलफल कक्षाको व्यवस्थामा प्राथिमकता दिनु पर्नेछ।

(२०) वैकल्पिक शैक्षणिक प्रक्रियामा सहभागी भएका शिक्षकहरु सम्पन्न गरेका कार्यहरु विभागीय प्रमुख वा इकाइ प्रमुखबाट स्वीकृत गराउनु पर्नेछ।

(२१) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले प्रत्यक्ष कक्षा क्रियाकलापहरूलाइ पूर्णता दिन हप्ताको छ दिने ढाँचालाइ लागू गर्नु पर्नेछ ।

(२२) कर्मचारी तथा शिक्षकहरूले विभिन्न अनलाइन तथा दुर ढाँचाका माध्यमबाट अनलाइन परीक्षाहरू लिनेछन् । जिम्मेवार व्यक्ति वा शिक्षकहरूले गृहकार्य, परियोजना कार्य, समय निर्धारित परीक्षा र खुला पाठ्ययपुस्तकमा आधारित परीक्षाहरू जस्ता विभिन्न ढाँचाका परीक्षाहरूको आयोजना गर्न सक्नेछन् । परीक्षाको मूल्याङ्कनका आधारभूत मानकहरू स्थापित, विश्वसनिय र न्यायसंगत हुनुपर्नेछ ।

(२३) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले आन्तरिक परीक्षण परीक्षा तथा मूल्याङ्कन, योग्यता प्रदान गर्ने प्रमाणपत्र आदिका लागि मार्ग निर्देशनहरू तयार गर्नु पर्नेछ । सबै परीक्षाहरू उच्च शैक्षिक संस्थाको शैक्षिक सत्रको तालिका अनुसार सञ्चालन गर्नु पर्नेछ र अभ्यास गरिएका परीक्षाका ढाँचाले निश्पक्ष र प्रतिस्पर्धात्मक भावनालाइ सुनिश्चित गर्नु पर्नेछ ।

९. अनलाइन लेक्चर प्रदान गर्ने विधि र इ-सिकाइको मञ्चको व्यवस्थापन: (१) भर्चुअल कक्षामा अनलाइन लेक्चर प्रदान गर्नका लागि तयार गरिने एप्लिकेसन वेवमा आधारित र मोबाइल दुवै प्रकारका यन्त्रमैत्री हुनु पर्नेछ ।

(२) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाको इ-सिकाइ व्यवस्थापन एकाइले सञ्चालन क्षमता, सेवा प्रदायकको गोपनीयता नीति, तथ्याङ्कको सुरक्षा र पहुँच सम्बन्धी व्यवस्था र साथै आवश्यकता अनुसार प्रतिलिपि अधिकारका नीति नियमहरूलाइ सम्मान गर्नु पर्नेछ ।

(३) विश्वविद्यालय र उच्च शैक्षिक संस्थाको आ-आफ्नै इ-सिकाइ मञ्च नबनुञ्जेल सम्म तेस्रो पक्षको वेवमा आधारित वा मोबाइलमा आधारित कुनै पनि एप्लिकेसन सम्बन्धी सेवा विश्वविद्यालय कार्यकारी परिषद्, कार्यकारी समिति वा निर्देशक समिति लगायतका उच्च अख्तियारी प्राप्त निकायहरूले स्वीकृत गरेर मात्र प्रयोगमा ल्याउनु पर्नेछ ।

(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्भव भएसम्म आर्थिक वर्ष २०७७/७८ भित्र विश्वविद्यालयले वेव साइटबाट पहुँच हुने गरी स्वतन्त्र इ-सिकाइका मञ्चको विकास गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिमको मञ्चको आधिकारिक व्यक्तिले निर्धारित समयमा व्यक्तिगत युजरनेम र पासवर्ड मार्फत लगइन गरे पछि मात्र खुल्ने व्यवस्था गर्नु पर्नेछ ।

(६) उपदफा ४ बमोजिमको मञ्चमा विद्यार्थीहरूले उनीहरूले गरेका कार्यहरू विद्युतीय रूपमा पठाउन, भर्चुअल छलफलका मञ्चहरूमा सहभागी हुन, सिक्न र अनुसन्धान गर्न, संग्रह गरिएका श्रोतहरूको डाउनलोड गर्न मिल्ने हुनु पर्नेछ ।

तर विद्यार्थीले श्रोतहरूलाईइ तोकिएका क्षेत्रहरू ९डोमेन्स० बाट परिवर्तन गर्न वा हटाउन अनुमति पाउने छैनन् ।

(७) विश्वविद्यालयले इ-सिकाइ मञ्चमा संलग्न हुने विद्यार्थी, शिक्षक, कर्मचारी, कार्यकारी प्रमुख र संस्थाका सदस्यहरूका लागि आवश्यकता अनुसार मार्ग निर्देशन सहितको आचार संहिता बनाउनु पर्नेछ ।

(८) विश्वविद्यालयले बौद्धिक सम्पत्ति सम्बन्धी प्रचलित कानूनको परिपालना गर्नु पर्नेछ । बौद्धिक सम्पत्तिको दुरुपयोग भए नभएको अनुगमनको लागि आवश्यक संयन्त्र निर्माण गर्नु पर्नेछ ।

(९) विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाले आफ्नो वेव-पेजमा प्राज्ञिक इमान्दारिता तथा मर्यादा कायम राख्ने मार्ग निर्देशनहरू तयार गरी प्रकाशित गर्नु पर्नेछ र विद्यार्थी र शिक्षकहरूले शैक्षिक कार्यक्रमहरूको शुरूमा नै उक्त दस्तावेजहरू अध्ययन गरी स्वीकार गरेको हस्ताक्षर अनिवार्य रूपमा राख्नुू पर्नेछ।

(१०) लेक्चर र छलफलहरू सहितका सबै अनलाइन क्रियाकलापहरू श्रव्य दृष्य र श्रव्य सामग्री बनाएर अभिलेख गरी अनलाइन लेक्चरहरूमा उपस्थित हुन नसक्ने विद्यार्थीहरूको पहुँचमा पुर्याउनु पर्नेछ ।

(११) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाको विषयगत विभाग वा शिक्षकहरूले तयार गरेका सामग्रीहरू सम्बन्धित विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाको बौद्धिक सम्पत्तिको रूपमा रहनेछन् र यस्ता सामग्रीहरूको परिवर्तन वा अद्यावधिक गर्ने अधिकार सम्बन्धित विश्वविद्यालय वा उच्च शैक्षिक संस्थालाइ हुनेछ ।

(१२) शिक्षण सिकाइ प्रक्रियामा विद्यार्थीहरूलाइ निश्पक्ष र स्वतन्त्र बनाउनका लागि श्रव्य दृष्य, श्रव्य पाठहरू मल्टिमिडिया लगायतका माध्यमबाट अध्यापन गराउनु पर्नेछ।

(१३) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले सिकाइका समक्रमणीय (synchronous) ढाँचाका प्रविधिहरू र सामग्रीहरू जस्तैः Zoom, Messenger, Google meet, MS Team, WebEx र Skype तथा Moodle सहितका असमक्रमणिय (asynchronous) का एप्लिकेसनहरूको संयोजन गरेर प्रयोग गर्न सक्नेछन् ।

(१४) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाबाट उत्पादन गरिएका पाठ्यणसामग्री, अनलाइन लेक्चरहरू अनिवार्य रूपमा आ(आफ्ना वेवसाइटमा अपलोड गर्नु पर्नेछ ।

(१५)  सरल तरिका एवं सिकाइका अवसरहरूको वृद्धि गर्नका लागि लेक्चर प्रस्तुति विधि मार्फत शिक्षकहरूलाइ उपयुक्त मल्टिमिडिया प्रयोग गर्न, विषयहरूमा विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्न, विभिन्न पाठ्यहक्रमसँग सम्बन्धित क्रियाकलाप गर्न एवं मूल्याङ्कन प्रणालीहरू प्रयोग गर्नको लागि समेत अनुमति प्रदान गरिनेछ ।

(१६) इ-सिकाइको मञ्चले विशिष्ट आवश्यकता सहितका विद्यार्थीहरूको लागि उपयुक्त हुने विद्यार्थी मैत्री प्रविधि र यन्त्रहरूमा मानकपूर्ण पहुँच सहित सञ्चालन गर्नु पर्नेछ ।

(१७)  Microsoft Team, Google Class Room, Moodle, Big-blue र Mindster आदि सहितका सूचना तथा सञ्चार प्रविधिका एप्लिकेसनको अधिकतम प्रयोग बाहेक विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले शिक्षक र विद्यार्थी कक्षा कोठामा भौतिक उपस्थिति भएर पढाइने कक्षाको वातावरण बनाएर सोही अनुरूप कक्षा सञ्चालन गर्ने उपाय वा विकल्पहरू खोज्नु पर्नेछ । सहज परिस्थितिमा परम्परागत रूपमा सञ्चालित वास्तविक कक्षालाइ प्रभावकारी बनाउन विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले इ-सिकाइको प्रक्रियालाइ कुनै पनि सन्दर्भमा परिपूरकको रूपमा प्रयोग गर्न सक्नेछन् ।

(१८) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले निर्धारित समय अवधिका लागि आवश्यक पर्ने एप्लिकेसन सफ्टवेयर लाइसेन्स र अनलाइन सिकाइका क्रियाकलापहरू सञ्चालन गर्न आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउनु पर्नेछ ।

(१९) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले शिक्षण सिकाइका प्रक्रियाहरूलाइ चुस्त दुरूस्त राखी निर्देशकहरूलाइ सहभागी गराइ सहजीकरण गर्न शिक्षक तालिम कार्यक्रम र अभिमुखीकरण गोष्ठीहरू सञ्चालन गर्नु पर्नेछ ।

(२०) दूर तथा अनलाइन सिकाइमा भर्ना भएका विद्यार्थीहरू स्वयंले उपयुक्त कम्प्युटिङ् उपकरणको व्यवस्था गर्नु पर्नेछ । विश्वविद्यालयले विद्यार्थीहरूका शोध प्रस्ताव, शोध कार्य र अन्य अनुसन्धानात्मक परियोजना कार्यहरूको मूल्याङ्कन गर्नका लागि तोकिएका अनुसन्धान निर्देशक, समिक्षक तथा विशेषज्ञहरूलाइ समेत इन्टरनेट सुविधाको व्यवस्था मिलाउनु पर्नेछ । विभिन्न डिग्रीहरूको मूल्याङ्कन स्वीकृत मापदण्डको आधारमा गर्नु पर्नेछ ।

(२१) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाको सम्बन्धित अधिकारीले इ-सिकाइ कार्यक्रममा प्रयोग हुने र विषयसँग मिल्ने कक्षा-क्रियाकलापहरू तथा सिकाइ उपलब्धी प्राप्त गर्न आवश्यक प्राविधिक सामग्रीहरूको व्यवस्था गर्नु पर्नेछ ।

(२२) विद्यार्थीहरूलाइ सम्भव भएसम्म सिकाइको सबभन्दा उपयुक्त वातावरण सुनिश्चित गर्न विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले सिकाइ सहायता सेवा र इ-सिकाइ सामग्रीहरूको माध्यमबाट सरसल्लाह, परामर्श, संरक्षण एवं मार्ग दर्शनका लागि आवश्यकतानुसार सहयोग गर्नु पर्नेछ ।

(२३) उपदफा (४) बमोजिम सहयोग गर्दा प्राज्ञिक इमान्दारीता र अन्तर्क्रिया, सिकाइका क्रियाकलाप, समूह छलफल एवं परियोजनाको तयारीको समयमा गरिने इन्टरनेटको उचित तथा सन्तोषजनक प्रयोगका लागि विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले विशेष मार्ग निर्देशन जारी गर्न सक्नेछ ।

१०. इ-सिकाइको शिक्षण विधिः (१) यस प्रारुप बमोजिम इ-सिकाइको शिक्षण विधि देहाय बमोजिम हुनेछः- (क) ट्युटोरियल विधि (श्रव्यदृष्य सामग्रीहरू, एनिमेसन, अनुकरणहरू (simulations),  भर्चुअल प्रयोगशाला र पावर पोइन्ट वा अरू सामग्रीहरू प्रदर्शन गर्न सकिने शेयरिङ स्क्रिन),

(ख) इ-सामग्रीहरू (पोर्टेवल डकुमेन्ट फरम्याट वा इ-बुक्स वा चित्रात्मक दृष्य, भिडियो प्रदर्शन, दस्तावेजहरू र प्रतिक्रियात्मक अनुकरणहरू),

(ग) वेव ठेगाना, लिङ्कहरू, इन्टरनेटका खुला सामग्री, घटना अध्ययन, विषयवस्तुको ऐतिहासिक विकास, लेखरचनाहरू जस्ता वेव स्रोतहरु,

(घ) डिजिटल पुस्तकालय ।

(२)  विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले राष्ट्रिय तथा अन्य डिजिटल पुस्तकालयहरूसँग समन्वय गरी पहुँच विस्तार गर्न सक्नेछ ।

(३) पुस्तकालयहरूको माध्यमबाट गुणात्मक शिक्षण(सिकाइ कार्यक्रमहरू सञ्चालनका लागि सिकाइका सामग्री तथा मानव श्रोत साधनको आदान प्रदान गर्न सकिनेछ ।

११. कार्यक्रम सञ्चालन सम्बन्धी अन्य व्यवस्था: (१) विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले कोभिड-१९ को प्रभाव अनुसार विद्यार्थी भर्ना प्रक्रिया सम्बन्धी नीति नियमहरू र नयाँ शैक्षिक सत्रको पात्रो आवश्यकतानुसार संशोधन गर्नु पर्नेछ ।

(२) विश्वविद्यालयले कोभिड-१९ को कारणले अवरुद्ध भएको जम्मा कार्यदिनलार्इ आधार मानी शैक्षिक पात्रोलाइ समायोजन गर्नु पर्नेछ । यसरी शैक्षिक पात्रो समायोजन गर्दा एक चौंथाइसम्म कार्यदिन घटाउँदा पाठ्य क्रमका विषयवस्तु नघट्ने गरी विद्यमान शैक्षिक पात्रोलाइ निरन्तरता दिन सकिनेछ ।

(३) शैक्षिक पात्रोमा कार्यदिन संकुचन गर्नु परेको अवस्थामा सम्बन्धित विश्वविद्यालयको कार्यकारी परिषद्ले प्रभावित विद्यार्थीहरूसँग छलफल गरेर मात्र गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यसरी शैक्षिक पात्रो समायोजन गर्ने क्रममा सार्वजनिक बिदाहरू आवश्यकतानुसार घटाउन सकिनेछ ।

(४) कार्यक्रम सञ्चालनका लागि न्यूनतम सिकाइका स्रोतहरू देहाय बमोजिम हुनेछन् :-

(क) सिकाइका दृश्य सामग्रीहरूः चित्राङ्कन, सजीविकरण (एनिमेशन), रेकर्डीङ्ग, डविङ्ग सम्पादनसँग सम्बन्धित सुविधाहरू,

(ख) विद्यार्थीहरूको सिकाइ परीक्षण मापन गर्दा सम्बन्धित विषयवस्तुमा उनीहरूको बुझाइ, समालोचनात्मक सोचाइको क्षमता र सिकेको ज्ञान सीपलाइ सार्वजनिक जीवनमा उपयोग गर्न र ज्ञान सिर्जना गर्ने कार्यमा लगाउन सक्ने क्षेत्र समेटने व्यवस्था,

(ग) सिकारूलाइ अस्पष्ट भएका कुराहरूबारे छलफल मार्फत स्पष्ट हुन अनलाइन छलफल गर्ने व्यवस्था,

(घ) अन्य स्रोत सामग्रीहरूको व्यवस्था,

(५) विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले विद्यार्थीहरूलाइ प्रर्याप्त मात्रामा प्रयोगात्मक र प्रयोगशालाहरूको कार्यानुभवको अवसर दिनु पर्नेछ ।

(६)  विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले वास्तविक प्रयोगशाला परीक्षण र प्रयोगात्मक कक्षाहरूलार्इ पूर्ण रूपमा भर्चुअल बनाउन पाउने छैन ।

(७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि मोडेलिङ जन्य प्रयोगात्मक कक्षालाइ आवश्यकता अनुसार पूर्ण रूपमा भर्चुअल बनाउन सकिनेछ । आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटीक वा नवप्रवर्तन जस्ता माध्यमबाट प्रयोगशाला जन्य क्रियाकलाप गर्दा गराउँदा भर्चुअल प्रयोगशालाबाट आवश्यक निपूणताको सुनिश्चितता दिलाउन सम्भव भएको अवस्थामा सम्बन्धित विषय समिति र पेशागत परिषद्को स्वीकृतिमा त्यस्तो प्रयोगात्मक कक्षाहरू सञ्चालन गर्न र सोही माध्यमबाट विद्यार्थीहरूलाइ अनुभव दिलाउन सकिनेछ ।

(८) इ-कन्टेन्ट बनाउने, इ-प्रयोगशाला परीक्षण र ती सामग्रीहरू शिक्षण-सिकाइ वेव पेजमा अपलोड गर्ने जिम्मेवारी सम्बन्धित विश्वविद्यालय र उच्च शैक्षिक संस्थाको हुनेछ ।

(९) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले शिक्षक, सुपरिवेक्षक, विद्यार्थी एवम् सिकारूहरूमा नियमित सम्बाद, सञ्चार र छलफल गर्न सहजीकरण गर्ने उद्देश्यले सहज अनलाइन सुविधाको विकास गरी लागू गर्नु पर्नेछ ।

(१०) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले कोभिड-१९ को विस्तारलाइ नियन्त्रण गर्न सहयोग गर्नका लागि विद्यार्थी, शिक्षक र कर्मचारीहरूको यात्रा विवरण र त्यसको अभिलेख गर्नु पर्नेछ ।

(११) कोभिड-१९ बाट श्रृजित संकटलाइ सम्बोधन गर्न विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले यस प्रारुपको परिधिभित्र रही आफ्नो इ-सिकाइ विकास तथा विस्तार गर्ने रणनीति र कार्य योजना तयार गरी कार्यान्वयन गर्नु पर्नेछ ।

१२. आन्तरिक मूल्याङ्कन विधिः (१) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थामा विद्यार्थीहरूको निरन्तर मूल्याङ्कन गर्ने प्रावधान हुनु पर्नेछ ।

(२) इ-सिकाइको आन्तरिक मूल्याङ्कनका लागि अनलाइनमा पढाइएका प्रत्येक विषय र प्रत्येक तहको स्पष्ट रूपमा परिणाम आउने गरी प्रारम्भिक चरण र अन्त्यमा लिने परीक्षाहरू सहित निरन्तर मूल्याङ्कन संयन्त्रको प्रावधान हुनु पर्नेछ ।

(३) बहुबैकल्पिक प्रश्नहरू, असाइनमेन्टस, हाजिरी जवाफहरू, समस्याहरूको निराकरण, मञ्चमा कुनै शीर्षकमा गरिने छलफल र निरन्तर सोधिने प्रश्नहरू (Classroom discussion questions/classroom questioning)पर्नेछन् ।

१३. परीक्षा सम्बन्धी व्यवस्था: (१) विश्वविद्यालयले कोभिड-१९ का कारण श्रृजना भएको परिस्थितिलाइ सम्बोधन गर्न गरेको तयारी स्तर, परीक्षार्थीको आवासीय स्थिति र स्थानीय परिस्थितिको विश्लेषण गरेर मात्र परीक्षा सञ्चालन गर्नु पर्नेछ।

(२) विश्वविद्यालयले सुरक्षा प्रोटोकल अनुसरण गरी सामाजिक दूरी र सामान्य सावधानी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, हात धुने, अनुहार छोप्ने सामानको उपयोग गरी सम्भव भए सम्म सेमेस्टर वा वार्षिक वा टर्मिनल परीक्षाहरू सञ्चालन गर्नु पर्नेछ ।

(३) प्रचलित परम्परागत परीक्षा प्रणाली सम्भव नभए विश्वविद्यालयको सम्बन्धित निकायको स्वीकृतिमा सुरक्षा प्रोटोकल अपनाई सम्बन्धित उच्च शैक्षिक संस्थामानै परीक्षा केन्द्र तोकेर परम्परागत परीक्षा अनुसरण गर्ने कुरालार्इ पहिलो प्राथमिकतामा राख्‍नु पर्नेछ । विश्वविद्यालयले स्तर, डिग्री र सञ्चालित कोर्सको प्रकृतिका आधारमा विभिन्न विधिहरूका लागि उपयुक्त भार सहितको परीक्षा व्यवस्था गर्न सक्नेछन् । त्यसरी परीक्षाको व्यवस्था गर्दा खुला पुस्तक परीक्षा, खुल्ला विकल्प, गृहकार्य वा कक्षा कार्य, प्रस्तुतीकरणहरू, अनलाईन लिन मिल्ने परीक्षाहरू समयसीमा दिएर घरमै उत्तर लेख्‍ने, अनलाईन भाईभा आदिलार्इ विकल्पहरूको रुपमा लिन सकिनेछ । यस किसिमका मूल्याङ्कन साधन र विधिको प्रयोग गर्दा कम्तीमा तीन वटा साधन प्रत्येक विषयमा प्रयोग गर्नु पर्नेछ । यस्ता परीक्षा प्रणालीहरूलार्इ सम्बन्धित विश्वविद्यालयका आधिकारिक निकायले स्वीकृत गर्नु पर्नेछ ।

(४) प्रयोगात्मक परीक्षाको लागि विषयको प्रकृति हेरेर विश्वविद्यालयको आधिकारिक समितिले स्वीकृत गरी कुनै एक अथवा अरु धेरै विकल्पहरू जस्तैः भर्चुअल प्रयोगशालाको प्रयोग, घरमा आधारित प्रयोगशालामा सम्बन्धित विद्यार्थीबाट प्रत्यक्ष प्रदर्शन (यदि उपलब्ध र सम्भव भएमा), कोभिड-१९ सुरक्षा प्रोटोकल अपनाई परम्परागत प्रयोगशाला परीक्षा प्रयोग गर्न सकिनेछ । त्यस्ता परीक्षाहरू आवश्यकता अनुसार सम्बन्धित व्यवसायिक पेशागत परिषदबाट अनुमोदन गर्नु पर्नेछ ।

(५) कोभिड-१९ महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएमा विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पछिल्लो वर्ष वा सेमेष्टरको पठनपाठन सुचारु गरी परिस्थिति सहज भएपछि अर्को सेमेष्टरमा अघिल्लो सेमेष्टरको परीक्षा लिन सक्नेछन् ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परीक्षा सञ्चालनका लागि अन्तिम वर्ष वा अन्तिम सेमेष्टरका विद्यार्थीहरूलाई पहिलो प्राथमिकतामा राख्‍नु पर्नेछ ।

(७) विश्वविद्यालयले सबै प्रकारका परीक्षाहरूका उत्तर पुस्तिकाहरूको छिटो मूल्याङ्कन गरी गराई प्रकाशनको व्यवस्था गर्नु पर्नेछ ।

(८) परम्परागत, भर्चुअल वा घर केन्द्रमा आधारित र सैद्घान्तिक वा प्रयोगात्मक परीक्षाहरू सञ्चालन गर्नका लागि विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले विद्यार्थीहरूको मूल्याङ्कन गर्दा, गुणस्तर र निष्पक्षता कायम गर्न सबै आवश्यक उपायहरू अवलम्बन गर्नु पर्नेछ ।

(९) विश्वविद्यालयले आफ्ना अध्ययन संस्थान वा संकाय वा क्याम्पस वा कार्यक्रम अन्तर्गत सञ्चालन भै रहेका सेमेस्टर तथा वार्षिक कार्यक्रम अन्तर्गतका अन्तिम परीक्षाहरू सञ्चालन हुन नसक्दा विद्यार्थीहरूलाई पछि परीक्षा लिने गरी अघिल्ला सेमेस्टर वा वर्षमा स्तरोन्नति गर्न सक्नेछन् । यस्तो अवस्थामा पछिल्ला र अघिल्ला दुवै सेमेस्टर वा वार्षिक कार्यक्रमका नियमित अन्तिम परीक्षाहरू सँगसँगै सञ्चालन गर्न सकिनेछ ।

तर यसरी दुई परीक्षाहरू सँगै सञ्चालन गर्दा कम्तीमा दुई हप्ताको फरकमा मात्र सञ्चालन गर्नु पर्नेछ ।

(१०) विश्वविद्यालयले विद्यार्थीहरूलाई परीक्षा सुरु हुने मितिभन्दा कम्तीमा दुइ हप्ता अघि परीक्षा तालिका उपलब्ध गराउनु पर्नेछ । सेमेस्टरको सुरुमा विद्यार्थीहरूलार्इ कोर्स योजना, हेन्ड आउट्स, सेमेस्टर सञ्चालन हुँदा हुँदै निरन्तर रुपमा हुने मूल्याङ्कन तथा सेमेस्टरान्त मूल्याङ्कन, परीक्षा योजना तथा समय तालिका बारे जानकारी तथा संस्थागत नीति नियम उपलब्ध गराउनु पर्नेछ ।

(११) विद्यार्थी तथा अन्वेषकका लागि कोभिड-१९ को बन्दाबन्दीको अवधिलाई समावेश गरी न्यूनतम हाजिरी प्रतिशत कायम गर्नु पर्नेछ ।

(१२) कोभिड-१९ को बन्दाबन्दीको विद्यमान अवस्थालाई ध्यानमा राखी विश्वविद्यालयले प्रोजेक्ट कार्य वा अनुसन्धान प्रतिवेदन कार्यमा संलग्न स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई आवश्यक सहजीकरण गर्न उपयुक्त विधि तथा रणनीतिहरू तय गर्न सक्नेछ । यस्तो अवस्थामा विश्वविद्यालयले प्रयोगशालामा आधारित प्रयोग वा फिल्डमा जानुपर्ने सर्वेक्षणहरूको सट्टा समीक्षामा आधारित वा द्वितीय तथ्याङ्क श्रोतमा आधारित प्रोजेक्टहरूको उपयुक्त विकल्प अपनाउन सक्नेछ । प्राविधिक विषयको हकमा सम्बन्धित पेशागत परिषद्को स्वीकृति लिएर गर्नु पर्नेछ ।

(१३) स्नातक तह तथा स्नातकोत्तर तहका पाठ्‍यक्रममा तोकिएका मौखिक परीक्षाहरू अनलाइन मिटिङ एप्स मार्फत सञ्चालन गर्न सकिनेछ र त्यस्तो परीक्षाको अभिलेखीकरण गर्नु पर्नेछ ।

(१४) विश्वविद्यालयले पि. एच. डि. तथा एम.फिलको मौखिक परीक्षा कुनै पनि विश्वसनीय अनलाइन भिडियो एप्सहरू प्रयोग गरी भिडियो कन्फरेन्स मार्फत लिन सक्नेछन् । मौखिक परीक्षा सम्बन्धी कार्यको पूर्ण  रुपमा अभिलेख गरी सो अभिलेख र अन्य प्रलेखहरू तोकिएको विज्ञले सहीछाप गरी प्रतिवेदन बनाइ सुरक्षित राख्‍नु पर्नेछ ।

(१५)  विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाले कोभिड–१९ महामारीको समयमा सञ्चालन हुने र भएका सबै प्रकारका परीक्षा तथा प्राज्ञिक कार्यका सन्दर्भमा आएका गुनासाहरू सम्बोधन गर्न गुनासो सुनुवाई इकार्इ स्थापना गर्नु पर्नेछ ।

(१६) विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाले परीक्षा तथा शिक्षण सिकाइ सम्बन्धी विद्यार्थीका गुनासोहरू सम्बोधन गर्न हेल्पलाइन स्थापना गर्न सक्नेछ ।

(१७) एम. फिल. तथा पि. एच. डी. जस्ता अनुसन्धान तहका विद्यार्थीहरूको शोधग्रन्थ बुझाउने म्याद गुज्रिसकेको वा गुज्रने अवस्थामा हाल अनुसन्धान कार्य गरिरहेका छन् भने त्यस्ता विद्यार्थीहरूलाई शोधग्रन्थ बुझाउन वा अनुसन्धान सम्बन्धी औपचारकिता पूरा गर्न बन्दाबन्दी समाप्त भएको मितिबाट छ महिना थप गरिदिने व्यवस्था सम्बन्धित विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले गर्न सक्नेछ ।

(१८) मूल्याङ्कनको विभिन्न चरणमा रहेका एम. फिल तथा पि. एच. डी. का डिग्रीहरूलाई पूरा गराउन सम्बन्धित डीन कार्यालयले मूल्याङ्कन प्रक्रियालाई प्रभावकारी र विश्वासनीय बनाउन आवश्यक व्यवस्था गर्न सक्नेछ ।

१४. आयोगको भूमिका: उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ कार्यक्रम कार्यान्वयनका सन्दर्भमा आयोगको भूमिका देहाय बमोजिम हुनेछ:–

(क) प्राज्ञिक उद्देश्यका लागि विद्युतीय सञ्चार सम्पर्कको सुधार गर्न नीति नियम तर्जुमाका लागि नेपाल सरकारलार्इ सहयोग गर्ने,

(ख) व्यापारिक व्यावसायिक सञ्जालका सबै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालसँग इन्टरनेट सञ्जाल स्थापना गर्न समन्वय गर्ने, नेपाल, भारत, भुटान, बंगलादेशका लागि निर्माण भएको सूचना राजमार्ग परियोजनाको मातहतमा रहेको दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग लगायतका अनुसन्धान तथा शैक्षिक क्रियाकलापमा समर्पित अन्तर्राष्ट्रिय सम्पर्कमा रहेको संस्थासँगको सञ्जालमा नेपाली उच्च शिक्षालार्इ आबद्ध गर्न समन्वय गर्ने,

(ग) अन्तर्राष्ट्रिय इन्टरनेट मूल्य (टेरिफ) लाइ कम गरी शैक्षिक तथा अनुसन्धान कार्यमा प्रयोग हुने इन्टरनेट न्यूनतम मूल्यमा प्रदान गर्दै स्थानीय तथा राष्ट्रिय वेव पोर्टलहरू स्थापना गर्न नेपाल सरकारलार्इ प्राविधिक र नीतिगत सहयोग प्रदान गर्ने,

(घ) शैक्षिक तथ्याङ्क केन्द्रहरू स्थापना गर्न सहजीकरण गर्ने,

(ङ) दीर्घकालीन रूपमा विश्वविद्यालयका लागि उच्च शैक्षिक पोर्टलहरूको विकास गर्ने,

(च) तालिम, गोष्ठी तथा कार्यशालाहरूको माध्यमबाट शिक्षक तथा कर्मचारीको क्षमता अभिबृद्धिका लागि सहजीकरण गर्ने,

(छ) अनलाइन शिक्षण सिकाइको प्रभावकारिताका लागि अनुसन्धान तथा अनुगमन गर्ने,

(ज) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थामा विद्युतीय सिकाइ क्रियाकलापहरूलार्इ सहयोग गर्न आर्थिक सहयोग प्रदान गर्ने,

(झ) आवश्यकता अनुसार आधारभूत मार्ग निर्देशन र आचार संहिताहरू तयार गरी लागू गर्ने,

(ञ) विश्वविद्यालय वा उच्च शैक्षिक संस्थामा संचालित कार्यक्रमहरूको गुणस्तरको नियमित अनुगमन गर्ने ।

१५. आचार संहिता सम्बन्धी व्यवस्था: वैकल्पिक प्रणालीबाट सिकाइ कार्यक्रम सञ्चालनका लागि शिक्षक तथा विद्यार्थीहरूले पालना गर्नुपर्ने आचार संहिता देहाय बमोजिम हुनेछ:–

(क) नम्र अभिव्यक्ति हुनुपर्ने,

(ख) राय तथा विचारको सम्मान गर्नु पर्ने,

(ग) इ-सिकाइ कार्यक्रममा सहभागी हुँदा औपचारिक पोशाक र बसाइको  पृष्ठभूमि सुहाउँदो हुनु पर्ने,

(घ) सिकाइ प्रक्रियामा समयनिष्ठता, अन्तर्क्रियात्मकता तथा चुस्त दुरूस्त हुनु पर्ने,

(ङ) इन्टरनेट र विद्युतीय सामग्रीको प्रयोगमा सचेत हुनु पर्ने,

(च) विश्वविद्यालयका श्रव्य दृष्य जस्ता सामग्रीहरूको प्रयोग गर्ने सिलसिलामा प्रतिलिपि अधिकारको सम्मान गर्नु पर्ने,

(छ) कक्षामा अध्ययन अध्यापनको श्रव्य-दृष्य सहितका शिक्षण-सिकाइका सामग्रीहरू सामाजिक सञ्जालका माध्यमहरू मार्फत सार्वजनिक नगर्ने,

तर प्रशासनिक कर्मचारी, शिक्षक र विद्यार्थीहरूको बीचमा तेस्रो माध्यमका सञ्जाल श्रोतहरूबाट आदान प्रदान गर्न सकिनेछ ।

(ज) विश्वविद्यालय, उच्च शैक्षिक संस्था र पेशागत परिषद्हरूका शिक्षण तथा अनुसन्धान सम्बन्धी नीति नियमहरू पालना गर्नु पर्ने,

(झ) शिक्षण तथा अनुसन्धानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिगत मार्गदर्शनहरूलार्इ पालना गर्नु पर्ने ।

१६. थप व्यवस्था गर्न सक्ने: विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले कार्यक्रम कार्यान्वयन गर्दा यस प्रारुप उल्लिखित व्यवस्थाका अतिरिक्त थप व्यवस्था गर्न सक्नेछन् ।

१७. मापदण्डको पालना गर्नु पर्ने: यस प्रारुप बमोजिम कार्यक्रम सञ्चालन गर्दा कोभिड-१९ संक्रामक रोगको नियन्त्रण र रोकथामका लागि नेपाल सरकार वा नेपाल सरकारद्वारा गठित समितिहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासनबाट निर्धारित संक्रमण नियन्त्रण र रोकथामसँग सम्बन्धित सबै मापदण्डहरूको परिपालना गर्नु पर्नेछ ।

१८.    प्रारुपको पालना गर्नुपर्ने: विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले यस प्रारुपको पालना गर्नु, गराउनु पर्नेछ ।

१९. बाझिएमा अमान्य हुनेः यस प्रारुपको कुनै व्यवस्था प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म प्रारुपको व्यवस्था अमान्य हुनेछ ।

अनुसूची

(दफा २ को खण्ड (ढ) सँग सम्बन्धित)

उच्च शैक्षिक संस्थामा कोभिड१९ संक्रमण रोकथाम सम्बन्धी सुरक्षा प्रोटोकल

COVID-19 Safety Protocol for resuming face to face activities at Higher Education Institutions (HEIs) includes: Face coverings; physical distancing and hygiene. The considerations listed below are only the supplement, not to replace the already developed safety laws. However, it is to minimize risk of spreading COVID-19. The faculty, staff and students of HEIs are advised to follow this protocol.

  1. Face Coverings
  • Face coverings must be worn at all times in University/Campus buildings—except when working alone in a closed space (office, lab, etc.);
  • Face coverings should be made of cloth and cover nose, mouth, and chin;
  • WHO guidelines (https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019/advice-for-public/when-and-how-to-use-masks) should be followed on when and how to use face masks and
  • Any exceptions to the face covering requirement must be documented.
  1. Social Distancing
  • Maintain social distance (at least six feet) at all times, indoors or out (including in elevators, on stairways, in lines, etc.).
  • Adapt work schedules and/or office/lab arrangements so as to comply social distancing.
  • Most studies have used one meter as a benchmark for projection of respiratory droplets. One meter is equivalent to 3 feet and 3.37 inches. WHO is monitoring ongoing research on risks of COVID-19 transmission.
  • Limit student gathering on-campus and off-campus activities and create awareness among students in this matter
  • Keep windows and doors open as much as possible
  • Create awareness to ensure the students do not gather and socialize when leaving the school and in their free time
  • Non-contact greetings are advised instead of shaking hands, hugging etc.

  1. Hygiene
  • Wash hands thoroughly (at least 20 seconds, with soap and water);
  • Apply hand sanitizer regularly, especially after coming in contact with “high-touch” areas (doors, elevator buttons, stair railings, public counters, table, etc.);
  • WHO recommends 70% ethyl alcohol to disinfect small surface areas and equipment, or sodium hypochlorite 0.1% for disinfecting surfaces
  • Disinfect your high-touch areas (desks, counters, phones, door and draw handles, etc.); regularly
  • Make arrangements for additional safety equipment such as gloves, PPE, gowns etc. as per need.
  • Follow WHO guidelines (who.int/water_sanitation_health/news-events/wash-and-covid-19/en/) for maintaining health and safety; and
  • Arrange for disposal of tissues immediately after use.
  1. Health Safety Measures for Staffs and Visitors
  • All staffs including teachers should check their temperatures before entering the campus;
  • Members of the campus community should NOT enter the campus if they:
    • Have a fever of 100.4 degrees or above;
    • Are experiencing any other symptoms of COVID-19 (e.g. shortness of breath, chills, sore throat, new loss of taste or smell); or Have been exposed to someone diagnosed with COVID-19, tested for COVID-19, or with symptoms of COVID-19.
  • The leadership of the campus such as principals, supervisors, investigators, faculty advisors, etc. should ensure that:
    • All stakeholders follow social distancing and face covering requirements when in their office, lab, or other campus space;
    • Those with symptoms of or potential exposure to COVID-19 know they should not visit the campus;
    • Any suspected employees at work are send home immediately; and
    • Students with significant concerns regarding their own health do not feel coerced into coming to campus.
  • Everyone in the campus follows a necessary safety protocol
  • Those failing to adhere to social distancing are sent back

Each HEIs shall establish their hotline center to response COVID-19 issues. In addition, questions about COVID-19 can also be directed to https://covid19.mohp.gov.np/#/ in hotline numbers: 1133 (24 hours) and 1115 (8 AM to 10 PM). For COVID-19 news updates, the concerned stakeholders are advised to visit official webpage (https://heoc.mohp.gov.np/update-on-novel-corona-virus-covid-19/) of Government of Nepal, Ministry of Health and Population, Health Emergency and Disaster Management Unit regularly.

प्रतिकृया दिनुहोस्