सिकाइमा सह–क्रियाकलापको प्रभावकारी भूमिका

सिकाइ खबर

Byसिकाइ खबर

१० श्रावण २०७७, शनिबार
उद्धवप्रसाद प्याकुरेल

विषयप्रवेश
ज्ञान र सीपसँग संबद्ध सामाजिक तथा व्यावहारिक विषय वस्तुका सूचनाहरू मनोरञ्जनात्मक तरिकाबाट आदान–प्रदान गर्न तथा बालबालिकाको सिकाइलाई स्थायी बनाउन सह–क्रियाकलापले अहम् भूमिका खेलेको पाइन्छ । बालबालिकाको चौतर्फी विकासका लागि सह–क्रियाकलापको व्यापकता अपरिहार्य देखिन्छ । अहिलेको संदर्भमा पाठ्यक्रमका सिकाइ उपलब्धि हासिल गराउँन दशौं विधि र सामग्रीमध्ये पाठ्यपुस्तक नमुनाको रूपमा एउटा सामग्री तथा विधि हुन सक्छ । जुन पाठ्यपुस्तक परम्परागत रूपमा हामीले विद्यालयमा पढाउँदै आइरहेका छौँ । जसमा पर्याप्त मात्रामा सह–क्रियाकलापका विधाहरूलाई समेट्न सकिएको पाइँदैन ।

त्यसकारण पाठ्यपुस्तकबाट मात्र दिइने शिक्षा अपूर्ण हुन सक्दछ र बालबालिकाको चौतर्फी विकास हुन सक्दैन । यो अवस्थामा सह–क्रियालापको प्रयोग अत्यन्त महत्वपूर्ण हुने गर्दछ । सह–क्रियाकलापसिकाइका लागि मूलआधार बन्न सक्दछ । सह–क्रियाकलापभन्नाले नियमित पठनपाठन भन्दा फरक तर विद्यार्थीले विद्यालयमा सिक्ने अनुभवलाई थप सहयोग पुर्याउने क्रियाकलापहो । पाठ्यक्रमका सिकाइ उपलब्धि अर्थात् सामाजिक रहनसहन, घटना जस्ता विषयमा बाल साहित्यका विधालाई आधार बनाई विद्यालय अथवा विद्यालयबाहिर पनि बालबालिकाहरूलाई सह–क्रियाकलापगराउन सकिने छ । सह–क्रियाकलापगर्न शिक्षक तथा अभिभावकले वातावरण निर्माण गरिदिनु पर्दछ, अर्थात् सल्लाहकारको भूमिका निर्वाह गरिदिनु पर्दछ ।

सह–क्रियाकलापप्रयोगको विद्यमान अवस्था
सह–क्रियाकलापभन्नाले विद्यालयमा गरिने नियमित पठनपाठनका क्रियाकलापको अलावा सिकाइसँग सम्बन्धित पठनपाठनलाई सहयोग पुग्ने गरी गरिने अतिरिक्त क्रियाकलापहो । हालसम्म विद्यालयमा गरिने सह–क्रियाकलापलाई हेर्दा त्यति पर्याप्तता देखिँदैन । विद्यालयहरूले मन लागेको बखत हरेक शुक्रबार बाह्र बजेपछि एक घण्टा समय छुट्याएको पाइन्छ । त्यसमा पनि खेलकुदलाई प्राथमिकता दिइएको पाइन्छ । त्यसले गर्दा सबैखाले क्रियाकलापले स्थान पाउन सकेको देखिँदैन । स्थानीय स्तरमा खेलिने खेलहरूलाई सिकाइसँग जोडेर सह–क्रियाकलापगराउँदा विद्यार्थीको प्रतिभा प्रस्फुट हुन सक्ने कुरालाई विद्यालयहरूले ध्यान दिन नसकेको देखिन्छ ।

सिकाइमा सह–क्रियाकलापको आवश्यकता
– बालबालिकाको संवेगात्मक, बौद्धिक र सामाजिक सीपको विकास गर्न,
– बालबालिकाहरूको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन,
– बालबालिकाहरूलाई सिर्जनशील, लगनशील, अनुशासित र आत्मविश्वासी बनाउन, मनोरञ्जनात्मक तरिकाबाट जीवनोपयोगी संस्कृति हस्तान्तरण गर्न,
– मनोरञ्जनात्मक विधिबाट व्यावहारिक सीपमा क्रियाशील बनाउन,
– समूहमा मिलेर काम गर्ने बानीको विकास गर्न,

सिकाइमा सह–क्रियाकलापको सिद्धान्त
– बालबालिकाको उमेर, रुचि र क्षमता पहिचान गरी विषय छनौट गरिनु पर्दछ ।
– शुरुमा छनौट गरिएको विधा सरल हुनुपर्दछ, ताकि बालबालिकाले क्रियाकलापगर्दा सहज महशुस गर्न सक्नुपर्दछ । विधाको स्तरलाई बिस्तारै सरलबाट जटिलतिर लैजानु पर्दछ ।
– शुरुमा छनौट गरिएको विषयवस्तु र विधा बालबालिकाको स्वअनुभवमा आधारित हुनुपर्दछ ।
– शुरुमा छनौट गरिएको विधाले बालबालिकाहरूमा पर्याप्त मनोरञ्जन प्रदान गर्न सक्नुपर्दछ । जसले गर्दा ती क्रियाकलापले निरन्तरता पाउँन सक्दछ ।
– सिकाइ विषय सह–क्रियाकलापलाई प्रतिस्पर्धात्मक नभई सहभागीमूलक बनाउनु पर्दछ ।
– बाल साहित्य सह–क्रियाकलापसञ्चालन गर्दा प्रजातान्त्रिक पद्धति अपनाइनु पर्दछ, ताकि कुनै पनि बालबालिका सहभागी हुनबाट वञ्चित हुन नपरोस् ।
– निर्धारित तथा स्वतन्त्र विधा र विषयवस्तुको प्रयोग ।

सिकाइ सह–क्रियाकलापगर्न सकिने विषयहरू
– खेलकुद
– स्थानीय खेलहरू
– गीत–संगीत, नृत्य
– नाटक अभिनय
– सिर्जनात्मक खेलहरू
– बालसाहित्य लेखन, वाचन र प्रकाशन
– हाजिरी जवाफ
– वादविवाद, वक्तृत्वकला
– क्यारिकेचर (नक्कल) गर्न
– चित्रकला
– हस्तकला

सिकाइ सह–क्रियाकलापसञ्चालन कसले र कसरी गराउन सकिन्छ ।
– स्रोत शिक्षकबाट विद्यालयमा
– कक्षागत बाल समूह निर्माण गरेर
– विद्यालय स्तरीय बालक्लव निर्माण गरेर
– टोल समाज स्तरीय बालक्लव गठन गरेर
-गाउँपालिका/नगरपालिकाका वडा स्तरीय र गाउँपालिका÷नगरपालिका स्तरीय बाल सञ्जाल निर्माण गरेर
– जिल्ला स्तरीय बाल सञ्जाल निर्माण गरेर
– राष्ट्रिय स्तरमा बाल सञ्जाल गठन गरेर

सिकाइ सहसिर्जना सञ्चालन गर्न सकिने स्थानहरू
– विद्यालयमा कक्षागत तथा विधा र विषय हेरी विद्यालय समग्र रूपमा
– समुदायमा
– वडा स्तरमा
– गाउँपालिका नगरपालिका स्तरमा
– चाड पर्वको अवसरमा
– हाट मेलामा

सिकाइ सह–क्रियाकलाप सञ्चालन गर्ने विधि
– सहभागी उमेर, क्षमता र रुचि पहिचान गरी सहभागी निश्चित गर्ने ।
– सह–क्रियाकलापस्वतन्त्र हो वा निर्धारित विधा र विषय हो किटान गर्ने ।
– सह–क्रियाकलापसञ्चालन गर्न विधा अनुसार उपयुक्त स्थान छनौट गर्ने ।
– सह–क्रियाकलापका लागि आवश्यक सामग्री व्यवस्थापन गर्ने ।
– सबै सहभागीको प्रस्तुति सबै सहभागीले सहभागी भई हेर्ने सुन्ने र पढ्ने वातावरण सिर्जना गर्ने ।
– सह–क्रियाकलापसमाप्त भएपछि उत्पादित फोहोर व्यवस्थापन गर्ने ।

उदाहरण : १
बालकविता सह–क्रियाकलाप
सहभागी : कक्षा पाँच
विषय : स्वतन्त्र

सहजकर्ताबाट सहभागीहरूलाई कविता लेख्न उत्प्रेरित गर्दै आफूलाई मन पर्ने विषयमा कविता लेख्न निश्चित समय सहित निद्र्देशन दिने र आफूले पनि कविता लेख्ने ।

निर्धारित समय सकिएपछि क्रमबद्ध तरिकाले कविता वाचन गराउने । कविता जस्तो आउँछ त्यसलाई स्वीकार्ने र सकारात्मक तरिकाबाट पृष्ठपोषण दिई प्रोत्साहन स्वरूप स्याबासी दिने ।

सबैले कवितावाचन गरेपछि आफूले रचना गरेको कविता सुनाउने र सबैका कविता भित्ते पत्रिकामा प्रकाशन गर्ने अर्थात् पुस्तक बनाएर प्रकाशन गर्ने ।

उदाहरण : २
बालकथा वाचन सह–क्रियाकलाप
– बालकथा वाचन विद्यार्थी निश्चित गर्ने ।
– सहजकर्ताले नमूूना बालकथा वाचन गर्ने ।
– विद्यार्थीहरूलाई बालकथा पुस्तक वितरण गर्ने र कथावाचनको तयारीका लागि कथा पढ्ने समय दिने ।
– बालबालिका तयारी भएपश्चात् पालैसँग कथावाचन गराउने र प्रत्येक विद्यार्थीले कथावाचन गरिसकेपश्चात् सकारात्मक पृष्ठपोषण दिने ।

यसैगरी सह–क्रियाकलापका सम्पूर्ण विषयहरूलाई सञ्चालन गर्न सकिन्छ ।

निष्कर्ष
बालबालिकाको सिकाइमा सह–क्रियाकलापको मुख्य उद्देश्य बालबालिकाको अन्तर्निहित क्षमताको विकास गरी चौतर्फी सीप र क्षमता वृद्धि गराउनु हो । यसका लागि सिकाइ सह–क्रियाकलापको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सिकाइ सह–क्रियाकलापविद्यालय तथा समुदायमा अभियानका रूपमा सञ्चालन गर्नु आजको आवश्यकता हो ।

हाइलाइट्स
पाठ्यपुस्तकबाट मात्र दिइने शिक्षा अपूर्ण हुन सक्दछ र बालबालिकाको चौतर्फी विकास हुन सक्दैन । यो अवस्थामा सह–व्रिmयालापको प्रयोग अत्यन्त महत्वपूर्ण हुने गर्दछ । सह–क्रियाकलापसिकाइका लागि मूलआधार बन्न सक्दछ ।

प्रतिकृया दिनुहोस्