चितवन । भरतपुर महानगरपालिकाले विद्यालयमा पठन–पाठन रोकिएपनि प्रशासन खुल्ला राख्न निर्देशनत दिएको छ ।

आइतवार एउटा सूचना जारी गर्दै महानगरले यस्तो निर्देशन दिएको हो ।

मुलुक सेमी लकडाउनको अवस्थामा पुगेपनि महानगरले विद्यालयको प्रशासन नियमित खोल्न र  शिक्षकहरुको आन्तरिक व्यवस्थापन मिलाएर वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा अन्य शैक्षणिक सुधारका मूलभूत कार्यहरु व्यवस्थित बनाउन निर्देशन दिएको हो ।

कतिपयले यो निर्णयले पनि फेरि ‘विद्यालय जा’ भनेकै बुझेका छन् ।

प्रतिकृया दिनुहोस्