एजेन्सी । निजी स्कूलहरुलाई शुल्क नबढाउन, विद्यार्थीसँग तीन महिनाको शुल्क नलिन साथै, शिक्षक कर्मचारीलाई समयमै तलब सुविधा दिन दिल्ली सरकारले निर्देशन दिएको छ ।

लक डाउनको समयमा अभिभावक एवं निजी स्कूलमा कार्यरत शिक्षकहरुको गुनासोका आधारमा सरकारले यस्तो निर्णय गरेको हो ।

दिल्लीका सहायक मुख्यमन्त्री एवं शिक्षामन्त्री मनिष सिसोदियाले निजी स्कूलहरुले तीन महिनाको शुल्क लिन नपाउने साथै, कार्यरत शिक्षक कर्मचारहिरुलाई समयमै तलवसुविधा दिनुपर्ने कडा नियम बनाएको बताएका छन् ।

उनले ट्वीट गर्दै स्पष्टसँग भनेका छन्– ‘सबै निजी स्कूलले सबै टिचिङ, नन्टिचिङ, कन्ट्राक्ट या आउट सोर्सवाला सबै स्टाफहरुलाई समयमै तलब दिनु उनीहरुको जिम्मेवारी हो । उनले यो निर्देशन सबै निजी स्कूलहरुमा अनिवार्य रुपमा लागु हुने स्पष्ट पारेका छन् ।’

शिक्षामन्त्री मनीष सिसोदिया दोस्रो ट्वीट गर्दै लेखेका छन्– ‘मुख्यमन्त्री अरविन्द केजरीवालको निर्देशन छ कि दिल्लीका  सबै निजी स्कूलहरुले सरकारको अनुमति विना शुल्क नबढाउन्, साथै विद्यार्थीहरुसँग तीन महिनाको शुल्क पनि नलिउन् ।’

केवल एक महिनाको ट्युशन शुल्कका अलावा कुनै शुल्क नलिन साथ शुल्क नदिएको भन्दै अनलाइन कक्षाबाट बञ्चित नगर्न शिक्षामन्त्री सिसोदियाको निर्देशन छ  । उनले स्कूल नचलेको बेलाको समेत यातायात शुल्क लिने तथा यी निर्देशन नमान्ने निजी स्कूलहरुलाई कडा कार्बाही गर्ने चेतावनी दिएका छन् । यस कानून लागु गर्न उनको निर्देशन छ ।

प्रतिकृया दिनुहोस्