विद्यार्थीको पीडा

सिकाइ खबर

Byसिकाइ खबर

३० बैशाख २०७७, मंगलवार

गणेश प्रसाद उपाध्याय
आठबिस नगरपालिका–७, दैलेख

 

विद्यार्थीको पीडा

विश्वब्यापी फैलिएको कोरोना कहर,
वैशाख लाग्दै कक्षा जाने सकियो रहर ।।
अध्यायनगरिदेशबनाउने मनमै छ रहर,
तेह्रदेश मात्रै बाँकी रहे कोरोना कहर ।।

भिषा पनि नचाहिने घुम्छ सबै देश,
थाहा छैन कहिलेसम्म देख्छौं यसको केश।।
अनलाइन कक्षा भन्दै चर्चा पाएपछि,
कसको केनै लाग्दो रहेछ सन्नाटा छाएपछि ।।

अनेक थरी कुरा गरि नतड्पाउनुहोस धेरै,
परीक्षालाई सम्झेपछी टाउको दुख्छ मेरै ।।
अध्ययन गर्न गाउँघर छाडी आएको छु शहर,
सपनामा सीमित भयो परीक्षा दिने रहर ।।

धेरै समय फुर्सद पाउँदा दिमाग खाली भयो,
विद्यालय जान्छु भन्दै वैशाख पनि गयो ।।
नछाड्ने कसम खाइ आयो कस्तो लहर,
साथीभाइ, गुरुहरु भेट्ने मनमै भो रहर ।।

प्रतिकृया दिनुहोस्