बुद्धको यमराज सगॅ फोनवार्ता

सिकाइ खबर

Byसिकाइ खबर

३० बैशाख २०७७, मंगलवार

बुद्धको यमराज सगॅ फोनवार्ता

हेलो !!
चरा चुरूङ्गीहरूको चिरवीर,
बाँदरहरूको साम्राज्य ,
कुकुरहरूको भुकाई,
साढेहरूको रजाईं,
मुसाहरूको निरन्तर खबरदारी,
हो म निदाईरहेको नेपाल शहरबाट,
म पशुपतिनाथको देशबाट ।

हेलो !! हेलो !!!
सुनिएको छ ?!
मानिसहरूरु
देखिन्छ भिडहरू
तिम्रो आसन आउने वेस क्याम्प तिर,
हो त्यहि आर्यघाट तिर,
कोलाहाल सुनिन्छ अस्पताल अनि
क्वारेन्टटाईन तिर,
म बोल्दैछु…
सपनाहरूलाई सिरानीमा राखी सुतेको
सगरमाथाको देशबाट ।

किन तिमीलाई थाहा छैन ?
सुन त एउटा कुरास्
ईटाली छटपटाई रहेको छ,
न्यूयोर्क त्राहिमाम छ,
स्पेन,ईरान, लन्डन अत्तालिएका छन् ,
कसरि हेर्न सक्छौ तिमी ?
निर्दोस जनहरूको जीवनलीला,
३-४ वर्षको बालक वेडमा छटपटाईरहेको,
सुत्केरी आमाले अन्तिम कष्ट भोगेको,
उफ !!! धिक्कार छ !!!!

हो, म त्यही मेरो जन्म भूमिबाट
म गौतम बुद्ध म आफै बोलेको
अचम्म लाग्यो रु हो ,
मेरो आखॉ खुलेका छन्,
म देख्न सक्ने भएं ,
पृथ्वी त अर्कै भएछ, मेरो दर्शन
मेरो ज्ञानमा धुलो लागेछ किनकी
सवै तिर तिम्रो त्रास छ
सडकहरू एकलै भएर उठ्न थालेका छन
जगॅलका जनावरहरू अलमलमा परेका छन्
केहि खुशी पनि छ,
वुहान् भने तङ्ग्रिदै छ
विस्तारै हिड्न खोज्दै छ
एउटा कूरा सुन ,
सवैतिर बन्द छ, सुनसान माथि सन्नाटा,
अव तिम्रो नागोॅ नाच वन्द गर,
हो सवै नाका बन्द गर,
सास फेर्न गाह्रो भो ,
मलाई पनि हलचल गर्न सारो भो ,
किनकी तिम्रोमा आउने वाटो जाम भएको छ
अति भाको छ,
बिन्ती अव तिम्ले पनि लकडाउन गर ।
नत्र तिम्लाई पनि खतरा छ…
हेलो! हेलो!! हेलो!!!

प्रतिकृया दिनुहोस्