काठमाडौं । रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिहिवार विज्ञप्ति जारी गर्दै संक्रमित बिरामीको मृत्यु भएको पृष्टि गरे ।
बरालले मृतकप्रति हार्दिक श्राद्धाञ्जली व्यक्त गर्दै बचाउन अनेकौं प्रयास गर्दापनि बचाउन नसकिएको भन्दै यसले आफुलाई दुखी बनाएको जनाएका छन् ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पनि यसको पुष्टि गरेका छन् । उनले अस्पतालबाट फोन गरी आज विहान मृत्यु भएको जानकारी गराएको र मन्त्रालयले त्यसको रेर्कड गरिसकेको जनाए ।
गुल्मी मदाने गाउँपालिका वडा नं ६ का ४१ बर्ष उनी यहि जेठ १ गते क्रिमशन अस्पतालमा भर्ना गरिएका थिए । उनको स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनी गाउँकै विद्यालयका शिक्षक हुन् ।
बुधवार नै उनको नाडी चल्न छाडेको थियो । अस्पतालका केही अधिकारहिरुले उनको मृत्यु भइसकेको बताएका थिए । जसले गर्दा उनको बुधवार नै उनको मृत्युको खबरहरु आएका थिए ।
पछि अस्पतालले उनको मृत्यु नभएको भनी विज्ञप्ति जारी गरेको थियो ।उनका परिवारले पनि हिजै उनको मृत्यु भइसकेको भनी मिडियालाई बताएका थिए ।