विषयप्रवेश
शैक्षिक सत्र २०७६ उत्तरार्धको समयमा छिमेकी देश चीनमा देखा परेको कोराना भाइरसर कोभिड–१९ विश्वभरि फैलिनेक्रममा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन र नेपालीहरु पनि प्रभाव विहिन हुन नसकेको तथ्य हाम्रो सामु छर्लङ्ग छ । यसको रोकथाम र यसबाट सुरक्षित रहन र राख्नका लागि चीनलगायत अन्य देशहरु पनि प्रयासरत रहेका छन् । यद्यपि सफलता हात पर्नुको सट्टा विश्व भरि नै तीव्रगतिमा फैलिरहेको छ ।

यो मानवजातीलाई सशुुप्तरुपमा असर गरी मृत्युसमेत गर्ने प्रजातीको कोरानाभाइरस सिर्जित महामारीको कारण नेपाल सरकारले २०७६ साल चैत्र ११ देखि क्रमीकरुपमा गरेको लकडाउनबाट उत्पन्न असामान्य एवं विपदको अवस्थामा आफु र आफ्नो परिवार एवं समुदायलाई सुरक्षित राख्नु अहिले अहम विषय बनेको छ । यो एक संक्रमित व्यक्तिवाट अर्कोे व्यक्तीमा एक आपसको समिप्यता र संसर्गमा सर्ने भएकोले सामाजिक दूरी कायम गर्नु नितान्त आवश्यक रहेको विज्ञहरुको भनाई छ । यसै तथ्य र तर्कलाई मान्यता दिई नेपाल सरकारले नागरिकको जीवन सुरक्षा पहिलो प्राथमिकता हो भन्दै तत्काल गाँस बास र स्वाथ्यको प्रवन्धमा सहयोग गर्ने सोचका साथ शिक्षालाई क्रमशः व्यवस्थापन गर्ने गरी शिक्षण संस्थाको सञ्चालन र पठनपाठनलाई स्थगन गर्ने निर्णय गरेको छ । स्थगन गर्ने निर्णयको सँगसँगै विद्यालय शिक्षा पनि प्रभावित नहुने कुरा भएन । यसवाट लाखौको संख्यामा अध्ययनरत् रहेका बालबालिकाहरुको सिकाइ एवं पठनपाठन अवरुद्द भएको छ ।

प्रायः शिक्षण संस्था र त्यसमा आवद्द शिक्षक समुदाय अलमलमा रहेका छन् भने बालबालिकाहरु गन्तव्य एवं लक्ष्यविहिन यात्रीको रुपमा दिनहरु बिताई रहेका छन् । विशेषगरी एसईई परीक्षा दिनबाट रोकिएका र कक्षा ११ र १२ का विद्यार्थीहरुलाई केन्द्रित गरी तत्कालको आवश्यकतालाई ध्यानमा राखी केही स्थानीय तह र शिक्षण संस्थाहरुले केन्द्र र प्रदेश सरकार एवं तत् तह र तप्काका निकाय र साझेदार संघसंस्थाको समन्वय र सहकार्यमा नेपाली सञ्चार माध्यमको प्रयोग र उपयोगमा परीक्षा सहयोगी कार्यक्रम प्रसारण गरिएका छन् ।

यद्यपि ती पर्याप्त हुन सकेका छैनन् । किनभने हाम्रा अधिकांश परीक्षार्थीहरु इ–सुविधा एवं सञ्चार माध्यमको पहुँच बाहिर रहेका छन् । यसको अतिरिक्त सम्बन्धित मन्त्रालय एवं निकायबाट छपाई सहयोगी सामग्रीहरु उपलब्ध गराइएको पक्षलाई विर्सन सकिँदैन । तर, ती र त्यस्तै कार्यक्रमले आधारभूत तह र माध्यमिक तहका अन्य कक्षाहरुलाई सम्वोधन गर्न सकेको छैन । यस विद्यमान परिस्थितिमा अनलाईन सिकाइ सुविधाको पहुँच क्षेत्रमा डिजिटल र वेवपेजमा आधारित सिकाइ सामग्री र जहाँ त्यसको पहुँच छैन तहा वैकल्पिक सामग्री वा दुवै माध्यमबाट आंशिकरुपमा भए पनि बालबालिकाको तत्कालको आवश्यकतालाई सम्वोधन गर्न सहयोग पुगोस् भन्ने हेतुले तल केही सन्दर्भहरु प्रस्तुत गरिएका छन् ।

१.हाम्रो बुझाई र अभ्यास
– विद्यालय नै एक मात्र सिकाइको केन्द्र भनेर बुझ्यौं ।
– विद्यालयलाई शिक्षण सिकाइको मुख्य स्थल मान्यौं ।
– बालबालिकाका लागि शिक्षक नै विश्वासीलो सिकाइको स्रोतको रुपमा पहिचान गर्यौं ।
– शिक्षकमुखी सिकाइ संस्कृतिलाई अवलम्वन गर्यौं ।
– पाठ्यसामग्री एवम् पाठ्यपुस्तकमा आधारित मात्र शिक्षण सिकाइ पद्दति बसाल्यौं ।
– पाठ्यपुस्तकलाई सिकाइको आधार सामग्री मान्यौं
– पाठ्यपुस्तकका संग्रहित विषयवस्तु नै सिकाइको क्षेत्र हो भनेर बुझ्यौं ।
– जाँच र परीक्षा केन्द्रित शिक्षण सिकाइ परिपाठी बसाल्यौं ।
– छपाई सामग्रीमा आधारित अभ्यास गरायौं ।
– सैद्दान्तिक शिक्षण सिकाइमा अधिक जोड र निर्भर भयौं ।
– संगठित सिकाइ ढाँचामा आधारित शिक्षण सिकाइ पद्दति अवलम्वन गर्यौं ।
– विद्यालय समय (६ घण्टा ) नै बालबालिकाको लागि पठनपाठन र सिकाइको समय भनि प्राथमिकता दियौं ।

२. हाम्रो ध्यान नगएको सिकाइका लागि प्राथमिकता नपाएको क्षेत्र

संगठित ढाँचा र संरचनाको जगमा मात्र विद्यालय शिक्षाको अवसर बालबालिकाहरुमा प्रदान गर्दै गर्दा आफू र आफ्नो घरपरिवार, स्थानीय परिवेश एवं वातावरण, व्यवहारिक जीवन र जीवन पद्दति सँग जोडिएका विविध पक्षहरु जुन निम्न अनुसार लिपिबद्ध गरिएका छन् । जसलाई विद्यालय शिक्षाको विषयवस्तु र सिकाइको दायरा भित्र प्रवेश गर्न सकियो भने पक्कै पनि विद्यालय खुलेन, पठनपाठन भएन, पाठ्यपुस्तक उपलब्ध भएनन भन्ने तत्कालका गुनासाहरु गर्ने स्थान सुरक्षित हुने छैन ।

* पहिलो शिक्षक र शिक्षण सहजकर्ताः आमावुवा र हजुर वुवाआमा र दाईदिदी र काकाकाकी (अभिभावक)
* बालबालिकाको लागि सिकाइ विषयवस्तुर क्षेत्रः घर भित्र र बाहिर, छरछिमेक र वरपर
* व्यवहारिक एवम् आधारभूत ज्ञान र सीपको क्षेत्र : Daily Living Skill र जीवनपयोगी ज्ञान र सीप

– घरपरिवार : परिचय, मायामता, प्रेमस्नेह, बोलीवचन, सम्मान र सदभाव, शिष्ट र सभ्य जस्ता व्यवहार
– व्यक्तिगत सरसफाई र सरसफाईका लागि आवश्यक सामग्री एवं तरिका
– भान्छा र भान्छा सामग्री र सरसफाई तरिका
– वस्ने र सुत्ने कोठा र प्रयोग सामग्रीर सरसफाई तरिका
– फुलवारी र करेसावारी र त्यहा पाईने बोट विरुवा फलफुल तथा प्रयोग गरिने औजार
– छरछिमेक र समुदायसंगको व्यवहार र सम्बन्ध
– सहपाठी साथीहरुसंगको सम्वन्ध र व्यवहार
– घरपरिवारका सदस्यहरु वीच खेलिने खेलहरु
– छरछिमेकका साथीसंगीहरु वीच खेलिने स्थानीय खेलहरु
– घर वरिपरि रहेका वनस्पति, जीवजन्तु, घरपाल्तु जनावर, चराचुरुङ्गी, धारापानी, ढुङ्गा माटो, भिरपाखा, खोला, चउर र चौतारी आदि को अवलोकन र चिनारी ।
– स्थानीयरुपमा उपलब्ध घरपरिवार र समुदायमा उपलब्ध र संकलित (जस्तै : पत्रपत्रिका, पोष्टर, पम्पेलेट आदी) सन्देशमुलुक सामग्रीको पुनः प्रयोगगरी बालबालिकाको रुची र अन्तर्निहित प्रतिभाको पहिचान जस्तैः स्क्राव बुुक वा कटआउट्स र सामान पोकाउने थैला ।
– घरपरिवार दैनिक प्रयोग र उपयोग पश्चात पुनःउपयोग नहुने सामग्रीहरु (जस्तै : कागज, वट्टा, सिसी) को पुनः प्रयोगगरी बालबालिकाको रुची र अन्तर्निहित प्रतिभाको पहिचान जस्तैः गमला फूल र खेलौना

* छरछिमेक र समुदायमा रहेका परम्परागत ज्ञान, सीप र सिकाइ अनुभव तथा रैथाने प्रविधिसँग जानकार अग्रजहरुको पहिचान र सहयोग (जस्तै :जडिवुटीको औषधिको रुपमा प्रयोग, रिठ्ठालाई सावुनको रुपमा प्रयोग र बाबीयो र खरबाट ढकीया, डोरी बनाउने र गहुको नल र धानको पराल गुन्द्री रचकटी बनाउने)

* स्थानीय रेडीयो एफएम र टेलिभिजनबाट सम्प्रेषित र प्रसारण सूचनामुलक र सन्देशमूलक सामग्रीलाई सिकाइ माध्यम (जस्तैः श्रब्यदृश्य सामग्री शब्द अङ्क र अक्षर चिनारी गीत, चित्र कथा, नाटक )

* स्थानीय तहमा मनाईने चाडपर्व र जात्रामेला र हाटबजार बारेमा जानकारीका लागि अग्रजको पहिचान र सहयोग

* वेवपेजको उपयोग र प्रयोगबाट विद्युतीय सामग्रीको खोज र प्रयोग (जस्तै, भिडियो वा वृत्त चित्र र पावरप्वाइन्ट र वर्डमा आधारित नमूना कक्षा)

*घर समय (१८ घण्टा) बालबालिकाको लागि घरमा बिताउने समय

३ आजको स्थिति
कुनै पनि समय समस्या र चुनौती विहिन अवस्थामा रहेको हुँदैन । तथापि समस्या र चुनौतीको प्रकृति र प्रकार फरक हुने गर्दछ । यद्यपि कुनै पनि समस्या एवं चुनौतीलाई समाधान र न्यूनीकरण गर्न नसकिने भन्ने हुँदैन । यसको लागि सकरात्मक सोच र निरन्तर र सामुहिक कर्मको आवश्यकता पर्छ । एकल पथ एकल कर्मवाट सफलता निश्चित हुदैन । यसको लागि उपलब्ध सोचहरु, स्रोत र साधनको उपस्थितिमा सम्वद्ध सरोकारवालाहरु वीचको आपसी समन्वय र सहकार्य र सहयोगको जरुरी हुन्छ र जसको लागि स्पष्ट कार्यदिशा हुनुपर्छ ।

३.१ समस्या र चुनौती
फरक स्थान र शिक्षण संस्था अनुसार समस्या र चुनौतीहरुमा विविधता हुने नै गर्छन तथापि केही निश्चित समस्या र चुनौतीहरुमा एकरुपता पनि देखिन्छन चाहे ती नीतिगत र व्यवहारिक कारणवाट सिर्जित हुन । यहाँ केही सतहमा देखा परेका समस्या र चुनौतीहरु लिपिवद्ध गरिएको छ ।

– विद्यालय पूर्णरुपमा बन्द
– नतिजा प्रकाशन र भर्नामा अलमल
– नियमित पठनपाठन बन्द
– बालबालिका घरभित्र बन्दाबन्दी
– बालबालिकाहरु वरपर हिडडुल र साथीहरु घुलमिल विहिन
– अभिभावक र बालबालिकाहरुमा डर र त्रास
– अभिभावक र बालबालिकाहरु परामर्श विहिन
– रेडीयो र एफएम र टेलिभिजन सुविधाको कमी
– वेव र इन्टरनेट सुविधाको अपर्याप्तता
– विद्युतीय सामग्रीको प्रयोगको आधारभूत ज्ञान र सीपको कमी
– अधिकाशं अभिभावक र बालबालिका ग्रामीणवासी
– अधिकाशं अभिभावकमा न्यूनताम सचेतनाको अभाव
– शिक्षाकर्मी र शिक्षकहरु अलमल र दिशाहिन
– नेतृत्वदायी निकाय र व्यक्तिहरु सूचना र परिपत्र जारी गर्नमा सिमित र समस्या सम्वोधनको मार्गमा सुस्त
– शिक्षक स्वयंवाट आपतकालीन अवस्थाका लागि अनविज्ञता प्रकट
– शिक्षकहरु पनि विद्यालयको पहुँच बाहिर
– शिक्षकको करिव २५ प्रतिशत समूह सम्वन्धित स्थानीय तह भन्दा बाहिर

३.२ प्रयासहरु
विद्यमान समस्या र चुनौतीलाई मनन नगरिएको पनि होइन र सम्वोधनको प्रयास पनि नभएका होइन । आफ्नो आफ्नो तह र तप्कावाट थालनी गरिका छन् र ती र त्यस प्रकारका प्रयासजन्य कार्यक्रमको अलवा अन्य रणनीति र तरिका वा माध्यमबाट पनि सिकाइमा सहजीकरण गर्न सकिने भएको जनमत रहेको हुँदा सोलाईसमेत सम्मान गर्दै सम्वद्ध निकायहरुको आपसी अगुवाई र सहयोगमा थप कार्यक्रम तयार गरी गराई कार्यान्वयन गर्न गराउनको लागि सहयोग पुग्ने अपेक्षा राखि हाल भए गरेका केही प्रयासहरुलाई यहाँ औँल्याइएको छ ।
– नेतृत्वदायी निकायस्विज्ञ समूहसँग आवश्यक सल्लाह र परामर्श लिईनीति तथा कार्यक्रमको तयारी ।
– केन्द्रिय निकाय : कक्षागत र विषयगत सिकाई सामग्रीको विकास र सञ्चार माध्यमसँगको समन्वय र सहकार्यमा तयारी सामग्रीको सम्प्रेषण र प्रसारणको थालनी ।
– प्रदेशस्तर र स्थानीय निकायः साझेदार संस्था र सञ्चार माध्यमसँग समन्वय र सहकार्यमा सिकाइ सामग्रीको प्रशारणको थालनी ।
– स्थानीय विद्यालय र शिक्षण संस्थाः अभिभावक र विद्यार्थी बीच परामर्श सहित सिकाइ वातावरण विकासमा सहभागी ।
– अभिभावक : हेरचाह, परामर्श सेवा र सिकाइका लागि सहयोगी ।
यद्यपि ती र त्यस प्रकारका प्रयासले सम्वोधन भएका बालबालिकाहरुको संख्या न्यून भएको र अधिक बालबालिकाहरु सुविधाबाट बञ्चित भएको तथ्यलाई ध्यान दिइ ती कार्यक्रमको निरन्तरता सहित वैकल्पिक कार्यक्रम र रणनीतिमार्गको अवलम्वन गरी गराई बालबालिकाहरुका लागि सहजरुपमा सिकाइ अवसर प्रदान गर्न जरुरी छ ।

४. अव के गर्ने त ?
समस्याको उत्तपत्तिसँगै समाधानको लागि प्रयास नभएका होइनन् तथापि ती थालनी मात्र हुन् । यसमा थप गर्दै जानु, विकल्प खोज्दै जानु उत्तम मानिन्छ । जसको कार्यान्वयनमा अधिक भन्दा अधिक लक्षित समूह लाभान्वित हुन सक्छन् । अतः यस विषम परिदृश्यमा जो जहाँ छौं त्यहीबाट, जतिसकिन्छ त्यति, जसले जे सकिन्छ त्यो, जसरी सकिन्छ त्यसरी मेरा र आफ्ना हाम्रा बालबालिका हुन भनेर कर्म गरौं प्रयास गरौं । बालबालिकाको खुशी फर्काउन सकिन्छ । त्यसका लागि केही उपयुक्त हुन सक्छन् भनेर कार्यक्रम एवं क्रियाकलापहरु प्रस्तुत गरिएको छ ।

संभाव्य संस्थागत एवं पेशागत वैकल्पिक कार्यक्रमहरु
– विद्यार्थी परामर्श र उत्प्रेरणा रसचेतना कार्यक्रम
– अभिभावक शिक्षा र परामर्श र सचेतना कार्यक्रम
– स्थानीय रेडियो एवं एफएम शैक्षिक कार्यक्रम
– सम्बन्धित शिक्षक फोन इन र सम्पर्क कार्यक्रम
– सहपाठी सचेतनार भेटघाट कार्यक्रम
– स्व–अध्ययन सामग्री विकास र व्यवस्था(कक्षा ६–१०)
– स्वअभ्यास सामग्रीको विकास र व्यवस्था(कक्षा १–५)
– खेल सामग्रीको व्यवस्था (जस्तैः लुडो, चेस, वाघचाल)
– बाल सामग्रीको व्यवस्था (जस्तैः गीत, चित्रकथा, नाटक)
– सरसफाई र सन्देशमुलक सामग्रीको व्यवस्था(जस्तैः पोष्टर सामग्री)

सम्भाव्य घरायसी सहयोगी क्रियाकलापहरु
– स्वतन्त्र सिर्जनात्मक कार्यसँग बालबालिका
– घरायसी कार्यमा बालबालिकासँगै
– बालबालिकासंगै वगैचा, फुलवारी र करेसावारी
– घर वरिपरि वनस्पतिसँग बालबालिका
– वुवाआमा र हजुरवुवाआमासँग बालबालिका
– काकाकाकी र दाईदिदीसँग बालबालिका
– वरपर छिमेकी साथीसँग बालबालिका
– कुखुरा, हाँस, परेवा र चराचुरुङ्गीसँग बालबालिका
– रेडियोर मोवाइल र टेलिभिजनसँग बालबालिका
– मठमन्दिर गुम्वा र पार्कसँग बालबालिका

५. अव कसरी गर्न सकिन्छ त ?
उल्लेखित कार्यक्रम एवं क्रियाकलापहरुलाई कार्यरुप दिनका लागि आवश्यक संस्थागत पूर्वतयारी, सामग्रीको विकास र सम्प्रेषण योग्य वातावरण तयार र सहजीकरण जनशक्ती परिचालन लागि गर्न सकिने केही उपयाहरु सुझावको रुपमा प्रस्तुत गरिएको छ ।

उपाय १ : सिकाइ सहयोग सामग्रीको विकास र प्रशारण/वितरण
– केन्द्र र प्रदेश र स्थानीय सरकारको अगुवाईमा साझेदार निकायको सहकार्यमा सम्बन्धित विषय शिक्षक र विज्ञद्वारा कक्षागत र तहगत बालबालिका सिकाइ उपयोगी श्रब्य दृश्य र श्रब्य सामग्री तयारी ।

– केन्द्रिय रप्रदेशीय र स्थानीय सरकारको समन्वयमा सञ्चार माध्यम (टेलिभिजन÷रेडियो÷एफएम) वीच आपसी समन्वय र सहकार्यमा प्रशारण समय तालिकाको सूचना र उक्त तयारीसिकाई सामग्रीको प्रसारण ।

– केन्द्र र प्रदेशस्तरका निकाय र साझेदार संस्थाको समन्वय र सहकार्यमा विषय शिक्षक र विषय विज्ञ समूहबाट बालबालिकाहरुको लागि एकीकृत (तल्लो कक्षा) र विषयगत (माथिल्लो कक्षा) स्व–अध्ययन र अभ्यास सामग्रीको तयारी ।

– स्थानीय सरकार र सम्वन्धित विद्यालयका शिक्षकको समन्वयमा कक्षागत र विषयगत बालबालिका अतिरिक्त र पुरक सिकाइ सहयोगी सामग्री तयारी ।

– स्थानीय सरकार÷तहले उक्त सामग्री सम्बन्धित विद्यालयसँगको समन्वय र सहकार्यमा तहगत र कक्षागत बालबालिकाहरुमा वितरण ।

उपाय न २ : अनुगमन र सुपरीवेक्षण र सहयोग
– सम्बन्धित विद्यालयका विषयर कक्षा शिक्षकले आवश्यकता अनुसार सहजीकरण र सहयोग

– सम्बन्धित पालिका र वडा शिक्षा समिति र विव्यसले अनुगमन र सुपरीवेण र सहयोग

उपाय न २ : एक घरपरिवार एक सिकाइ केन्द्र
– अभिभावकले बालबालिकालाई समय पर्याप्त समय दिने ।
– बालबालिकाको रुची र ईच्छा र आवश्यकतालाई महत्व दिने ।
– बालबालिकाको जिज्ञासाको सम्वोधन गर्न प्रयासरत रहने ।
– भान्छाको कार्यमा बालबालिकालाई सहभागी गराउने ।
– व्यक्तिगत सरसफाईको लागि सहयोग भूमिका खेल्ने ।
– घरवरपर सरसफाईमा सहभागी गराउने ।
– फुलवारी करेसावारीको कार्यमा सहभागी गराउने ।
– आफ्नो घर परिवार र छर छिमेक बीच परिचय गरी गराई आपसमा मायाममता, प्रेमस्नेह, नम्र वोली वचन, शिष्ट र सभ्य व्यवहार गर्न र सवै प्रति सम्मान र सदभाव राख्न सिकाउने ।
– हाम्रो खेतवारी हुने एवं हाम्रो दैनिक जीवनमा चाहिने अन्न, गुडागुडी, तरकारी र फलफुलहरुको नाम टिपोट गर्न लगाउने र यसको महत्व वारे जानकारी गराउने ।
– आफ्नो घर परिवार र छरछिमेकमा मनाईने चाडपर्व वताउन लागउने र जात्रा मेला र हाटवजारमा अवलोकन गराउने र त्यसको वारेमा भन्न लगाउने ।
– सिर्जनात्मक कार्य (चित्रकला÷हस्तकला, गीत÷संगीत र कथा, चुटकिला, हास्यव्यङ्य आदि) अनुकुल वातावरण वनाईदिने ।
– घर र आँगन र वरपर खेलिने खेलहरु (जस्तैः कपड्डी, व्याडमिन्टन, चुन्नी, स्किपिङ, चारी, दौड) खेल्न प्रोत्साहन सहित सहभागी हुने ।
– शब्दजाल, अङ्क चिनारी, कोठेपद, गणितीय पजल, गाउँखाने कथा, लुडो, वाघचाल, वुद्दिचाल, र जोर कि विजोर जस्ता खेलहरु खेल्न प्रोत्साहन सहित सहभागी हुने ।
– मोवाइलको प्रयोग र उपयोग गरी खेलखेल्न प्रोत्साहन गर्दै सिकाउने ।
– रेडियो, टेलीफोन, मोवाईल, टेलिभिजन, कम्प्युटरको प्रयोग र उपयोग सम्बन्धी आधारभूत ज्ञान सिकाउने ।
– मोवाईल र कम्प्युटरको प्रयोग गरी वेवपेजको उपयोगमा आवश्यक सूचना एवम जानकारी लिने वातावरण बनाईदिने ।
– आफ्नो समुदाय र छरछिमेक प्रचलनमा रहेका बाजागाजाको चिनारी गराउने ।
– आफ्नो घर वरिपर रहेका र पाईने जीवजन्तु, चराचुरुङ्गी, वनस्पति, जडिवुटी र हावापानीको जानकारीको लागि अवलोकन गराउने । टिपोट गर्न र बताउन लगाउने ।
– आफ्नो घर वरपर रहेका भिरपाखा, खेतवारी, वनजङ्गल, डाँडाकाडा, मैदान, चउर, आहाल, पोखरी, खोलानाला, मठमन्दिर, गुम्वा र पार्कको जानकारीको अवलोकन गराउने । टिपोट गर्न र बताउन लगाउने ।
– आफ्नो घरछिमेक र समुदायमा प्रचलनमा रहेका रैथाने ज्ञान र सीप र प्रविधि एवं जनश्रृतिहरु वारे आफै वा अग्रगहरुको सहयोगमा जानकारी गराउने ।

उपाय न ३ :एक शिक्षक र स्वयंसेवकबाट एक टोल–वस्तीमा घुम्ती सहयोग कार्यक्रम
– विशेषगरी सम्बन्धित कक्षा १–५ सञ्चालित विद्यालय वा घर पायक छिमेकी विद्यालयका शिक्षकहरुलाई सम्वन्धित स्थानीय तहले वडा र विद्यालयको समन्वयमा एक शिक्षक एक स्थानीय स्वयंसेवकलाई एक टोल–वस्तीको लागि परिचालनको व्यवस्था ।
– विद्यालय बन्द भएको र विद्यालय सञ्चालनको सुनिश्चित नभएसम्मका लागि आफ्ना बालबालिकाहरुलाई घरघरमा आफू वा परिवारका सदस्यको संरक्षकत्वमा न्यूनतम व्यवहारिक ज्ञान र सीपजन्य सिकाइ गर्न गराउनका लागि बढीमा ५–७ जना बालबालिकाहरु र निजका अभिभावकहरुको रोहवरमा परामर्श सेवाको व्यवस्था ।
– उक्त तोकिएका शिक्षक वा स्वयंसेवकले बालबालिकाहरुलाई विषय विज्ञ शिक्षकवाट तयार गरेका स्व–अध्ययन एवम स्व–सिकाइ अभ्यास सामग्री वितरणको व्यवस्था र बालबालिकालाई सो सामग्रीको प्रयोग र उपयोगमा परेको समस्याको समाधानका लागि सहजीकरण ।
– बालबालिकाको अनुरोध एवं आवश्यकताको आधारमा शिक्षक र स्वयंसेवकलाई घरमा सिकेका र अनुभव गरेका सिकाइहरुलाई कक्षागत र विषयगत सिकाइ उपलब्धीसँग तादम्यताका लागि सहजीकरणको वातावरणको प्रवन्ध ।
– स्थानीय सञ्चार माध्यमबाट प्रसारण भएका श्रब्य सामग्रीको प्रयोग र उपयोगवाट बालबालिकाहरु स्पष्ट नभएको विषय, घरपरिवारका सदस्यसँग सिकाइको क्रममा प्रष्ट नभएको विषय र स्वअध्ययन सामग्रीमा भएको अस्पष्टता एवं स्वयं विद्यार्थीको थप जिज्ञासालाई निज शिक्षक वा स्वयंसेवकले सम्वोधन गर्ने व्यवस्था ।

उपाय न ४ : एक विषय शिक्षकएक सम्पर्क कक्षा कार्यक्रम
– विशेष गरी सम्बन्धित कक्षा ६–१० सञ्चालित विद्यालय शिक्षकहरुलाई सम्वन्धित स्थानीय तहले वडा र विद्यालयको समन्वयमा परिचालन गरी एक विषय शिक्षक एक सम्पर्क कक्षाको व्यवस्था ।
– विद्यालय वन्द भएको र विद्यालय सञ्चालनको सुनिश्चित नभए सम्मका लागि आफ्ना बालबालिकाहरुलाई घरघरमा आफू वा परिवारका सदस्यको संरक्षकत्वमा न्यूनतम व्यवहारिक ज्ञान र सीपजन्य सिकाइ गर्न गराउनका लागि बढीमा ८–१० जना बालबालिकाहरु निजका अभिभावकहरुको रोहवरमा परामर्श सेवाको व्यवस्था ।
– उक्त विषय शिक्षकले बालबालिकाहरुलाई विषय विज्ञ र शिक्षकबाट तयार गरेका स्व–अध्ययन एवम स्व–सिकाइ अभ्यास सामग्री वितरणको व्यवस्था र बालबालिकालाई सो सामग्रीको प्रयोग र उपयोगमा परेको समस्याको समाधान र सहजीकरणका लागि सम्पर्क कक्षाको व्यवस्था ।
– बालबालिकाको अनुरोध एवं आवश्यकताको आधारमा शिक्षक र स्वयंसेवकलाई घरमा सिकेका र अनुभव गरेका सिकाइहरुलाई कक्षागत र विषयगत सिकाइ उपलब्धीसँग तादम्यताका लागि सहजीकरणको माध्यम सम्पर्क कक्षा ।
– वेवपेजएवं सञ्चार माध्यमबाट प्रसारण भएका श्रब्य र श्रब्यदृश्य सामग्रीको प्रयोग र उपयोगबाट बालबालिकाहरु स्पष्ट नभएको विषय, घरपरिवारका सदस्यसँग सिकाइको क्रममा प्रष्ट नभएको विषय र स्वअध्ययन सामग्रीमा भएको अस्पष्टता एवं स्वयं विद्यार्थीको थप जिज्ञासालाई विषय शिक्षकले सम्वोधन गर्ने व्यवस्था ।
– प्रतिविषय प्रतिहप्तामा मात्र सम्पर्क कक्षाको व्यवस्था गर्न अनुकुल हुने भएकोले तत्काल जिज्ञासाको सम्वोधनका लागि सम्बन्धित विषय शिक्षकँंग फोन, इमेल र म्यासेन्जरबाट सम्वन्धित विषय शिक्षक सम्पर्कको व्यवस्था ।
– हप्तामा एक दिन एक विषयका लागि सम्पर्क कक्षा गर्न अनुकुल हुने भएकोले सोको समयकार्यतालिका सम्बन्धित विद्यालयका प्रअले विषय शिक्षकसँंगको समन्वय र सम्पर्कमा गर्न उपयुक्त ।

विगतको बुझाई र अभ्यासमा परिवर्तनको उपजको रुपमा यस विषम परिस्थितिलाई ग्रहण गर्न सक्यौं भने विद्यालयको घेराभित्र र पाठ्यपुस्तक केन्द्रित शिक्षण सिकाइलाई फराकिलो दायरा सहित स्थानीय परिवेश र व्यवहारिक सीपलाई समेत समावेश गरी शिक्षण सिकाइको अवसरलाई सुरक्षित गर्न सक्छौं ।

विद्यालय शिक्षाको पठनपाठनमा देखा परेको अलमलको स्थितिलाई आंशिक दिशावोध गर्न उल्लेखित सन्दर्भहरु उपयोगी हुन सक्छन् यद्यपि यसलाई सार्थकता प्रदान गर्न विद्यालय शिक्षाका लागि निरन्तर योगदान गर्ने शिक्षकहरुको भूमिका अहम र महत्वपूर्ण हुन्छ ।

अभिभावक, विज्ञ, साझेदार एवं सहयोगी निकायहरुको भूमिका शिक्षकहरुलाई थप सहयोग र वातावरण तयार गर्ने नै हुन्छ । तथापि अवसर विहिन र के गरौ के नगरौ भनि रुमिलिरहेका बालबालिकाको लागि केही न केही आशाका किरणहरु वन्न सक्नेछन् यी र यस प्रकारका क्रियाकलाप र प्रयासहरु गर्न गराउन सकियो भने । जसका लागि केन्द्र प्रदेश र स्थानीय सरकार र तत् माताहत निकाय एवं सहयोगी हातहरु वीच आपसी समन्वय, सहकार्य र साझेदारीता अनिवार्य छ ।

[email protected]

प्रतिकृया दिनुहोस्